पलाँस गाउनेलाई एक लाख पुरस्कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
२९५ पटक हेरिएको
Shares
पलाँस गाउनेलाई एक लाख पुरस्कार

सारांश

  • चैत्र १८ गतेबाट रिलिज हुन लागेको फिल्म पलाँस को एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
  • ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा गायक सुगम पोखरेलको आवाज छ ।
  • सुवास कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ ।

चैत्र १८ गतेबाट रिलिज हुन लागेको फिल्म पलाँस को एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा गायक सुगम पोखरेलको आवाज छ ।


सुवास कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । रेखाको भूमिकालाई अहिलेसम्म निर्माणपक्षले गोप्य राखेको छ ।

यसैविच, फिल्मको ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । फाल्गुण ९ गतेबाट चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिने र फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्ने बताईएको छ ।

प्राप्त कभर गीतमध्ये उत्कृष्ट ५ को चयन गरिने र यसपछि, निर्माण टिमले उल्लेखित प्रावधानमा रहेर विजेताको घोषणा गर्ने बताईएको छ । विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने पनि निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?