केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
सारांश
- काठमाडौं, ९ माघ ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकालेर उर्जा संकट हटाउने घोषणा धेरैले हाँसोमा उडाए र खिसी गरे ।
- कतिपयले उनको कडा आलोचना गर्न पनि भ्याए ।
काठमाडौं, ९ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा हावाबाट बिजुली निकालेर उर्जा संकट हटाउने घोषणा धेरैले हाँसोमा उडाए र खिसी गरे । कतिपयले उनको कडा आलोचना गर्न पनि भ्याए । तर, केही ठाउँमा हावाबाट बिजुली निकालिएपछि केही हदसम्म आलोचना कम भयो ।
यसैक्रममा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले समेत हावाबाट बिजुली निकाल्न सम्भव छ भन्ने देखाउन थालेका छन् । पछिल्लोपटक दाङको लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो विद्यालयको १३ औं वार्षिकोत्सवमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा हावाबाट बिजुली निकालेर देखाएका हुन् ।
त्यस अवसरमा विद्यार्थीहरुले आफै निर्माण गरेका विभिन्न विज्ञान सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले हावाबाट उत्पादन हुने बिजुलीदेखि स्मार्ट सिटीको परिकल्पनामा तयार पारिएका सामग्री प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रिन्सिपल केशरमान बिसीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि प्याब्सन दाङका अध्यक्ष यादव गिरीले गुणस्तरीय शिक्षामा जोड दिएका थिए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावक उत्तिकै जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि सिस्नुपानी नेपालका अध्यक्ष डा( लोकराज पराजुली, नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसी, विद्यालयका पूर्वअध्यक्ष नरबहादुर बुढाथोकी, अभिभावक भरत पछाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल हेमराज पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गौरव खड्काले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया