हेर्नुस्, कुन नेताका घरमा कति सुरक्षाकर्मी छन्!
सारांश
- काठमाडौं : पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनांै सुरक्षाकर्मी राखेका छन् ।
- सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् ।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं : पूर्वप्रधानमन्त्री, गृहमन्त्री र भीआईपीले अझै घरमा मनपर्दी ढंगले दर्जनांै सुरक्षाकर्मी राखेका छन् । सरकारले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत हुने गरी पूर्वभीआईपीले सशस्त्र प्रहरीका दर्जनौं सुरक्षाकर्मीलाई घरको सुरक्षामा राखेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
राज्यकोषबाट तलब सुविधा लिएर मुलुकको सुरक्षामा तैनाथ हुनुपर्ने सयांै सुरक्षाकर्मी पहँुच र शक्तिका आधारमा भीआईपीकहाँ बसिरहेका छन् । विगतमा सुरक्षा अवस्था गम्भीर हँुदा र सुरक्षा थ्रेट बढी हँुदा राखिएका सुरक्षाकर्मी अहिले सुरक्षा थ्रेट नहँुदा र राजनीतिक स्थिरतासहितको शान्ति कायम भइसक्दा पनि ठूलो संख्यामा भीआईपीकहाँ रहँदै आएका हुन् । कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृह मन्त्रालय स्रोतको दाबी छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक सबै पूर्वप्रधानमन्त्री, गृहमन्त्री र पूर्वपदाधिकारी तथा बहालवाला अधिकारीले पनि घरमा दर्जनौं सुरक्षाकर्मी राखेको गृह मन्त्रालयले जनाएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै घरको सुरक्षामा रहेका सशस्त्र प्रहरीका सबै सुरक्षाकर्मी हटाएका छन् । यद्यपि, भट्टराईले सुरक्षाकर्र्मी फिर्ता गरेको औपचारिक जानकारी भने सशस्त्र मुख्यालयमा पुगेको छैन ।
प्रहरीका पूर्व तथा बहालवाला उच्च अधिकारीले पनि आफ्नो आवासमा दर्जनांै सुरक्षाकर्मी राखिरहेका छन् । प्रहरीका बहालवाला तथा पूर्वपदाधिकारीले आवासमा राखिएका सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेको गृहका अधिकारीको दाबी छ ।
कतिपय पूर्वगृहमन्त्रीले बहालवाला अवस्थामा प्रयोग गरेको प्रहरी पछुवा टोलीसमेत फिर्ता गरेका छैनन् ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत भीआईपीको घरमा राखिएका सबै सुरक्षाकर्मी फिर्ता गर्न जनपद र सशस्त्र प्रहरी मुख्यालयलाई शुक्रबार निर्देशन दिइएको जानकारी दिए ।
गृह मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुरक्षाकर्मी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा खटिएका छन् । देउवाको घरको सुरक्षार्थ सशस्त्र प्रहरीका २९ जना सुरक्षाकर्मी परिचालित छन् । यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा १६ जना, झलनाथ खनालको घरमा १५, लोकेन्द्रबहादुर चन्दको घरमा १४, खिलराज रेग्मीको घरमा ९ जना सुरक्षाकर्मी कार्यरत छन् ।
यसैगरी, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरू वामदेव गौतमको घरमा २७, रामचन्द्र पौडेलको घरमा १३, कृष्ण सिटौलाको घरमा १५, विमलेन्द्र निधिको घरमा १६, पूर्णबहादुर खड्काको घरमा १३, नारायणकाजी श्रेष्ठको आवासमा १२ र जनार्दन शर्माको आवासमा ११ जना सुरक्षाकर्मी तैनाथ छन् । यसैगरी, पूर्वअर्थमन्त्री रामशरण महतको घरमा १४, पूर्वशिक्षामन्त्री गोपालमान श्रेष्ठको घरमा ९, पूर्वउपप्रधानमन्त्री कमल थापाको घरमा १४ र पूर्वमन्त्री प्रकाशमान सिंहको घरमा १५ जना सुरक्षाकर्मी खटिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता सुवेदीले कार्यविधिविपरीत भीआईपीका घरमा सुरक्षाकर्मी खटिएकाले तत्काल फिर्ता गर्न दुवै प्रहरी मुख्यालयलाई निर्देशन दिइएको बताए । घरेलु कामदार बनाइएकालाई तत्काल फिर्ता गर्नसमेत कडा निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
Hom Prasai
Neta Janta Bata Surachhit Hunuprachha.(Nepal Ma Nisaf Bhayena)Aba Hos.
Balram Adhikari
Good kp ji
Dipen Chaudhary
Yo turunt kharegi hunu paryo
Hem Dewan
As soon as possible return. …ani garib janta le tireko tax bata uni haru lai security. ..dinu parne …example Ex president Obama. ..
Buddhipd Rai
नेपालका भूपू मन्त्रीहरुदेखि भूपू प्रधानमन्त्रीहरु र मध्ययुगीन दासका मालिक भन्दा कुनै पनि अर्थमा सप्रमाण भिन्न र फरक नरहेका देखिन्छन् र यिनीहरुको यही दासकालीन व्यवहार र आचरणकै कारक कारणले नेपाल र नेपाली जनताको कहिल्यै समृध्दि र विकास भएन र हुने पनि छैन!!!
Yem Prasad Gurung
They must be returned as soon as possible,including Driver and Vehicle too.
Padam Bahadur Shrestha
Prachanda ko gharko kina lekhiyana pratrakar mahodaya ki dar lagyo
Ram Shrestha
हैन यी खातेहरुलाइ हाम्रा दाजु भाइले किन सुरक्षा दिनु पर्ने।
Sanjaya Koirala
यिनिहरू लाई खान बस्न दिनु पर्दैन कि क्याहाे
Suresh Kumar Dahal
यी सुरक्षागार्ड तुरुन्तै फिर्ता गर्नुपर्छ सरकार
Bhumi Raj Pathak
deshko arthtntr eniharuma ohighat khrch vax
Lekh Dance
देशको सुर्छ्या गरेको भए भार्त्ले जमिन्त मिचदैन थियोेनि त…..बिडम्बना नेताको घर कुरेर जमिन मिचियो हैन्त
Surendra Adhikari
निर्देशन मात्र दिएरपुग्दैन । फिर्ता भएको जानकारी सर्बसाधारणले जानकारी पाऊनु पर्यो ।
Sunil Kumar Poudel
पूर्व राजा का मा चै कति छन् सुरक्षाकर्मी तिन लाइ फिर्ता बोलाउने कि नबोलाउने?
Ashvin Kumar Thapa
यिन लाई सुरक्षा कर्मि नै चाहिने हो भने private security guard राखे भइ हाल्छ ने।राष्ट सेबक हरु लाई कुनै व्यक्ति विशेष को घरमा राख्नु भनेको दासतत्व को परकाष्ठा मात्र नभइ नितिगत भ्रष्टचार समेत हो।
Purna Joshi
पुरानो भि आ पि को घरमा धैर सुरक्षाकर्मी नयाँ को मा अपुग फिर्ता त गर्नु परो नि ?
Nb Karki
यो गणतन्त्र हो कि निरङ्कुस तन्त्र हो? देश र जन्ताकोलागी माखो मार्नु छैन।आफै बि आइ पि भन्दै रास्ट्रसेवक सुरक्षा कर्मिलाइ घरको काममा लगाउने।
Anchal Kumar Rai
पदमा रहँदा लूट् मच्चाएका छन्, त्यसैले सरक्षा चाहियो यिनीहरुलाई नत्र जनताले ठोकिहाल्छन् !
Nabin Joshi
मान्छेलाई लाजै नभएपछि केर्ने