जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

सारांश

  • काठमाडौं।
  • सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।
  • मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

काठमाडौं। सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

समितिलाई ४५ दिनको म्याद दिइएको छ। सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यसैगरी मन्त्रिपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?