केसीले अस्वीकार गरे सैनिक अस्पताल जान
सारांश
- काठमाडौँ,३ साउन।
- जुम्लाबाट सेनाको हेलिकप्टरमा ल्याइएका डा गोविन्द केसीलाई टुंडिखेलस्थित सैनिकमञ्चमा अवतरण गराइएको छ।
- यसअघि उनलाई टिचिङ अस्पताल लैजाने भनिए पनि उनलाई सेनाको हेलिकप्टरले खुलामञ्चमा अवतरण गराइएको थियो।
काठमाडौँ,३ साउन। जुम्लाबाट सेनाको हेलिकप्टरमा ल्याइएका डा गोविन्द केसीलाई टुंडिखेलस्थित सैनिकमञ्चमा अवतरण गराइएको छ। यसअघि उनलाई टिचिङ अस्पताल लैजाने भनिए पनि उनलाई सेनाको हेलिकप्टरले खुलामञ्चमा अवतरण गराइएको थियो। सैनिक अस्पताल लैजाने भनिए पनि केसीले अस्वीकार गरेको स्रोतले जानकारी दिएकाे छ। उनलाई अब वीर अस्पताल लगिने स्रोतले जानकारी दिएको छ।
जुम्लाबाट सुरक्षाकर्मीले बल प्रयोग गरेर राजधानी ल्याएको हाे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा केसीका समर्थकहरु र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौँ विद्यार्थी र केही सुरक्षाकर्मीहरु घाइते भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया