अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए

सारांश

  • मैमाना– उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।
  • अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ ।
  • आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
मैमाना– उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ ।

आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको समेत मृत्यु भएको बताइएको छ । अफगान सुरक्षा बल र नेटो आवद्ध सयुक्त गठबन्धनले तालिबानविरुद्ध हवाई र स्थल आक्रमणमा केही महिनायता तिब्र बनाएको छ ।

यही अक्टोबर महिनाको २० तारिखमा अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनलाई ध्यानमा राखेर तालिबानविरुद्ध अफगान र नेटोआवद्ध सैनिकले भीषण कारबाही सुरु गरेका छन् । –सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?