जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
सारांश
- २३ मंसिर, जाजरकोट ।
- जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्रसेन) विजयी भएका छन् ।
- सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् ।
२३ मंसिर, जाजरकोट । जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह (खगेन्द्रसेन) विजयी भएका छन् ।
सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बेदराज सिंहले १२ हजार ८७८ मत ल्याएका छन् ।
जाजरकोटको प्रदेश (ख) मा यसअघि नै वाम गठबन्धनबाट एमालेका करबीर शाही विजयी भएका छन् । १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया