के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
के–के पाउँछन् ‘मिस वर्ल्ड’ विजेताले?

सारांश

  • काठमाडाै, २५ मंसिर।
  •   यसपटक चीनको सान्या सहरमा सम्पन्न ‘मिस वर्ल्ड–२०१८’ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरिइन्।
  •  मिस वर्ल्ड प्रतियोगिताको सुरुवाती दिनदेखि नै संसारभर यसको चर्चा चुलिन्छ।

काठमाडाै, २५ मंसिर।  यसपटक चीनको सान्या सहरमा सम्पन्न ‘मिस वर्ल्ड–२०१८’ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरिइन्। मिस वर्ल्ड प्रतियोगिताको सुरुवाती दिनदेखि नै संसारभर यसको चर्चा चुलिन्छ। हरेक वर्ष मिस वर्ल्ड हुनेहरुको अड्कलबाजी गरिन्छ। जसरी यसवर्ष नेपाली सुन्दरी शृंखला खचिवडा मिस वर्ल्ड हुने चर्चा नेपालमा चुलिएको थियो। तर हरेक वर्ष सोचेभन्दा फरक परिणाम आइदिन्छ। मिस मेक्सिको यसको पछिल्लो उदाहरण हो।

मिस वर्ल्डको ताज पहिरिएदेखि विश्वकै सुन्दर महिलाको सूचीमा आफ्नो नाम लेखाउन सफल हुनेहरुले के–के हात पार्छन्? यो प्रश्न धेरैको मनमा हुन्छ। तर, यसबारे कमैलाई मात्र थाहा होला।

मिस वर्ल्डको उपाधी हात पारेपछि प्राप्त गरेको ताज निकै महंगो हुन्छ। जुन हिरा र कैयौँ बहुमूल्य पत्थर जडित हुन्छ। जसको मूल्य कति भन्ने कहिँकतै आउँदैन। तर, मिस युनिभर्सले प्राप्त गर्ने ताजको मूल्य हेर्दा झन्डै दुई सय पचास करोड नेपाली रुपैयाँ बराबरको हुन्छ। तर, यो ताज उनीहरुले एक वर्षका लागि मात्र आफूसँग राख्न पाउँछन्। नयाँ बन्ने मिस वर्ल्डलाई सोही ताज पहिराइन्छ। त्यस्तै, विजेताले नगदसमेत पाउने गर्छन्। उनीहरुलाई १६ करोड नेपाली रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिन्छ।

यसबाहेक विश्वकै जुनसुकै देश घुम्न कुनै पैसा खर्च गर्नु पर्दैन। अर्थात, मिस वर्ल्ड वर्षभर सित्तैमा विश्वका जुनसुकै देशमा घुम्न पाउँछन्। विभिन्न ब्रान्डहरुको ‘स्पोन्सरसीप’समेत मिल्ने गर्छ। यसको अर्थ मिस वर्ल्डले ब्रान्डको उत्पादन प्रयोग गरेवापत कुनै पनि रकम दिनुपर्दैन। विभिन्न एडहरुमा अफरको ओइरोसमेत लाग्ने गर्छ। यसबाट उनीहरु करोडौँ रकम आम्दानी गर्छन्। विभिन्न संस्थाबाट पाउने लाखौँ मूल्य बराबरका पुरस्कारसमेत उनीहरुको हात पर्ने गर्छ। मिस वर्ल्डको ताजको मूल्य र उनीहरुले पाउने रकमबारे अफिसियल कुनै जानकारी दिईंदैन। तर, भारतीय सुन्दरी मानुषी छिल्लर २०१७ मा मिस वर्ल्ड भएपछि केही भारतीय मिडियाले यसबारे खोजपूर्ण रिपोर्ट तयार पारेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?