कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर चिन्तित छन्: प्रधानमन्त्री

सारांश

  • काठमाडौँ, २३ भदाै ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन् ।
  • बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्  ।

काठमाडौँ, २३ भदाै ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन् । बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्  ।

प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गरे । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । “कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भने, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “अब पुरानो युगको अन्त्य भयो” प्रधानमन्त्री ओलीले भने ,“नयाँ योजना र सोचाइका साथ देश निर्माणमा लाग्नुपर्दछ । ” यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे । कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?