सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी

सारांश

  • मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्याक्सी व्यवसायीले टुटल तथा पठाओ विरुद्ध लडने चेतावनी दिएका छन् ।
  • सरकारले टुटल र पठाओलाई संरक्षण गरे आफुहरु विद्रोहमा उत्रन बाध्य हुने चेतावनी ट्याक्सी व्यवसायीले दिएका हुन् ।
  • नीजि सवारीलाई व्यवसायीक प्रयोजनका लागी कानुनले निषेध गरे पनि टुटल र पठाओले प्रयोजन विपरित सेवा दिइरहेको उल्लेख गर्दै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले यस्ता एप्समार्फत यात्रु बोकिरहेकाहरुलाई राज्यले एक पटक संरक्षण दिएको र फेरि पनि संरक्षण दिए आफुहरु सरकारसँगै लड्न ततयार रहेको बताए ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ट्याक्सी व्यवसायीले टुटल तथा पठाओ विरुद्ध लडने चेतावनी दिएका छन् । सरकारले टुटल र पठाओलाई संरक्षण गरे आफुहरु विद्रोहमा उत्रन बाध्य हुने चेतावनी ट्याक्सी व्यवसायीले दिएका हुन् ।

नीजि सवारीलाई व्यवसायीक प्रयोजनका लागी कानुनले निषेध गरे पनि टुटल र पठाओले प्रयोजन विपरित सेवा दिइरहेको उल्लेख गर्दै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले यस्ता एप्समार्फत यात्रु बोकिरहेकाहरुलाई राज्यले एक पटक संरक्षण दिएको र फेरि पनि संरक्षण दिए आफुहरु सरकारसँगै लड्न ततयार रहेको बताए ।

पत्रकार सम्मेलनमा आक्रोशितरुपमा प्रस्तुत भएका महासचिव मोक्तानले ट्याक्सी व्यवसाय सञ्चालनका लागि २७ प्रकारको कर तिरेको, यात्रुको बीमा गरेको तर टुटल र पठाओले केही नगरे पनि भाडाका सवारी सरह सञ्चालन गर्न दिएको आरोप लगाए ।

यस्तै तरिकाले टुटल र पठाओको सेवा सुचारु भइरहे ट्याक्सी सिंह दरबारमा र मीटर नापतौल विभागमा लगेर राखिदिने उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वछाने मगरले चेतावनी दिए । ट्याक्सको भाडा ६९ सालदेखि समायोजन नगरिएको तर ‘हाउमच’ र एप्सको नाममा विभेद गरिदै आएको पनि अध्यक्ष पूर्वछाने मगरले बताए ।

मगरले यातायात मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रमुख लगायतलाई यातायात व्यवस्था ऐन पल्ट्याएर हेर्न अनुरोध गरे । ट्याक्सी व्यवसायी प्रविधि र यात्रुलाई सेवा दिने कुराको विरोधी नभएको बताउँदै पूर्वछाने मगरले आफुहरु जस्तै कर तिरेर र मीटर जोडेर आएका आपत्ति नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
प्रथम शहीद राजीव राउतकी श्रीमती नीलमदेवी राउतलाई प्रदेश सरकारले दियो रोजगारी
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा सहभागी
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु
बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
कपिलवस्तुमा २७ हजार ६ सय १७ मत बदर
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती

तपाईंले छुटाउनुभयो कि?