डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग

सारांश

  • शिखरन्युज १७ असार – डा.
  • गोविन्द केसी जुम्ला पुगेर शनिबारदेखि १५औं अनसन शुरु गरेका छन् ।
  • संसदमा लगेको चिकित्सा विधेयकको विरोधमा उनी जुम्ला सदरमुकाम खलंगामा अनसन शुरु गरेका हुन् ।

शिखरन्युज १७ असार – डा. गोविन्द केसी जुम्ला पुगेर शनिबारदेखि १५औं अनसन शुरु गरेका छन् । संसदमा लगेको चिकित्सा विधेयकको विरोधमा उनी जुम्ला सदरमुकाम खलंगामा अनसन शुरु गरेका हुन् ।

उनले प्रदेश नम्बर २ लगायत देशका विभिन्न ६ ठाउँमा सरकारी मेडिकल कलेज स्थापनाको मागलाई उठाएका छन् । उनले प्रदेश २, पाँचथर, इलाम, डडेल्धुरा, डोटी, उदयपुरमा समेत सरकारी मेडिकल कलेज स्थापनाको माग गरेका हुन् ।

केसीले ७ बुँदे अनसनका माग सार्वजनिक गरेका छन् । उनको पहिलो माग चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न छ । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस तहका विद्यार्थी भर्ना गर्ने व्यवस्था गरियोस् माग छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीर्घ अघि बढाउँदै पाँचथर, इलाम, डडेल्धुरा, डोटी, उदयपुरमा समेत सरकारी मेडिकल कलेज स्थापना गर्न माग गरेका छन् । त्यसैगरी डाक्टर केसीले माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । सरकारले भर्खरै मात्र नारा, जुलुस गर्ने निश्चित ठाउँ तोकेको छ ।

डाक्टर केसीले गौरीबहादुर कार्की प्रतिवेदनले दोषी ठहर्याएका पदाधिकारीलाई सिफारिस अनुसार कार्वाहीको माग गरेका छन् । विश्वविद्यालय पदाधिकारी मापण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन पनि उनको अर्को माग रहेको छ । स्नातकोत्तर तहको छात्रबृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था माग गरेका छन् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गर्न माग राखेका छन् ।

बन्द रहेको जानकी मेडिकल कलेजका विद्यार्थीलाई उचित व्यवस्थापन गर्दै कलेज बन्द गर्नेलाई कार्वाहीको माग गर्दै प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्न माग गरेका छन् ।

यता सरकारले डा. गोविन्द केसी अनशन सुरु गर्न जुम्ला हिँडेकै दिन सरकारले विधेयक मन्त्रिपरिषद्बाट पारित गरेको छ। डा. केसी अनशन सुरु गर्न बिहीबार जुम्ला हिँडेका थिए । मन्त्रिपरिषद्ले सोही दिन प्रतिस्थापन विधेयक पारित गरी शुक्रबार संसद् सचिवालयमा दर्ता गराएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश
बाजेको सेकुवालाइ सर्वोच्च अदालतकाे यस्ताे अादेश
राप्रपाको केन्द्रीय समिति बैठक सोमबार
राप्रपाको केन्द्रीय समिति बैठक सोमबार
नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायती भिसा च्यातियाे !
सरकारलाई समर्थन गर्छौं : केसी
सरकारलाई समर्थन गर्छौं : केसी
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ

तपाईंले छुटाउनुभयो कि?