कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२० पटक हेरिएको
Shares
कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

सारांश

  • नवलपरासी ।
  • नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ ।
  • कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् ।

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी छन् । धेरै कैदीबन्दी हुँदा सुत्न, खाना खान र शौचालय प्रयोग गर्न समस्या भएको कारागार प्रशासनले जनाएको छ । पन्ध्र–सोह्र जनाले एउटै बाथरुम प्रयोग गर्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले गुनासो गरेका उनीहरूका आफन्तजन बताउँछन् ।

कारागारमा अहिले महिला ७४, चार सय २१ पुरुष र तीन नाबालक छन् । साविकको पश्चिमाञ्चल क्षेत्रमै नमूना करागारका रूपमा रहेको भए पनि अहिले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या बढ्दै गएको जेलर पुनराम पौडेलले बताए ।

‘मनोरञ्जनलगायत प्रयोजनका लागि बनाइएका कोठा कैदीबन्दी सुत्नका लागि प्रयोग गरेका छौँ’, उनले भने । सदरमुकाम परासीको मुख्य बजार क्षेत्रमा रहेको कारागार साँघुरो भएपछि केही वर्ष पहिले फराकिलो स्थानमा सारिएको थियो । कैदीबन्दी बढ्दै जाँदा समस्या भएको हो । सेवा–सुविधाका हिसाबले अन्य जिल्लाका कारगारभन्दा राम्रो भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा अप्ठ्यारो भएको पौडेल बताउँछन् ।

‘धेरै जना एकै ठाउँमा राख्दा सरुवा रोगको सङ्क्रमण छिटो फैलिने जोखिम बढेको छ’, उनले भने । बेला–बेलामा देशका कतिपय कारागारमा हैजा, झाडापखलालगायत सरुवा रोगका कारण एकैपटक सबै कैदीबन्दी बिरामी पर्ने समस्या देखिने गरेको छ ।

जिल्ला कारागारमा लागुऔषध कारोबारमा दोषी ठहरिएका कैदीबन्दी बढी छन् । खुला सिमानाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढी छ । बन्दी बढ्दै गए थेग्न गाह्रो हुने र अन्यत्र कारागारमा सार्नुपर्ने अवस्था आउन सक्ने कारागारका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विष्फाेट गरेकाे अाराेपमा लतिलपुर जिल्ला सेक्रेटरी सहित ५ जना पक्राउ
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
गाजा र चरेस सहित दुई युवक पक्राउ
गाजा र चरेस सहित दुई युवक पक्राउ
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने
राज्य व्यवस्था समितिमा रास्वपा सभापति लामिछाने रहने
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
कांग्रेस नेताहरूलाई कमल थापाको प्रश्न विपीको विचारको हत्या कसले गर्यो ?
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल
पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल

तपाईंले छुटाउनुभयो कि?