कांग्रेसमा देउवा झन ‘शक्तिशाली’

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसमा देउवा झन ‘शक्तिशाली’

सारांश

  • काठमाडौं।
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमितिको निर्देशन विपरित बहुमतको आधारमा  पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ।
  • महासमिति बैठकले संशोधित विधानमा केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो।
काठमाडौं। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महासमितिको निर्देशन विपरित बहुमतको आधारमा  पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ।
महासमिति बैठकले संशोधित विधानमा केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो। समानुपातिक समावेशीको कुरामा पनि पटक पटक एउटैलाई अवसर नदिने गरि विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो।
महासमिति बैठकले प्राप्त सुझावहरुलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रीय समितिमा विवाद भएपछि बहुमतले संशोधित विधान टुङ्गाएको हो। महाधिवेशनमा केन्द्रीय नेताहरु सबै तल्लो तहबाटै चुनिने व्यवस्था नराखेपछि अब १३ औं महाधिवेशनको जस्तै केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन र चौधौं महाधिवेशनमा केन्द्रिय नेतत्वको दाबी गर्न पाउछन् ।
केन्द्रीय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने भन्ने बारेमा संस्थापन पक्षले असमति जनाएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु केन्द्रीय सदस्यहरु महाधिवेशनमा तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने पक्षमा थिए।
आफ्नै नेतृत्वको सरकारले गराएको संसदीय, प्रदेश र स्थानीय निर्वाचनमा नराम्ररी पार्टी पराजित भएपछि पार्टीभित्र देउवाको विकल्प खोज्नुपर्ने मत बलियो हुन थाल्यो। तत्काल महाधिवेश बोलाउनुपर्ने र नेतृत्वको विकल्प खोज्नु पर्ने भन्दै युवा नेतृत्वदेखि नेता रामचन्द्र पौडेल पक्षधरले निकै आवाज उठाए। तर देउवाले निकै दवाबपछि महासमिति बैठक बोलाए। महासमिति बैठकले गरेका निर्णयलाई भने अहिले देउवाले कार्यान्वयन गरेका छैनन्।
विधान पारित सम्बन्धि निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण सिटौला पक्षले फरक मत राखेको छ।  संशोधित विधानमा केन्द्रीय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो। समानुपातिक समावेशीको कुरामा पनि पटक पटक एउटैलाई अवसर नदिने गरि विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो।
महासमिति बैठकले प्राप्त सुझावहरुलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रीय समितिमा विवाद भएपछि बहुमतले संशोधित विधान टुंग्याएको हो।
यतिबेला केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षको सुविधाजनक बहुमत छ। देउवाले त्यही बहुमतको आडमा आफू अनुकुलन निर्णय गराउँदै आएका छ। विधान अनुसार नै महाधिवेशन भयो भने एकवर्षपछि कांग्रेसको १४ औं महाधिवेशन हुनेछ। सभापति देउवाको चाहना भने १४ औं महाधिवेशनमा पनि आफूँ नै सभापति बन्नेछ।
देउवा पक्षमा सभापतिको अर्को दाबेदार पनि देखिएको छैन। देउवाले मात्र केन्द्रीय सदस्यका आकांक्षीलाई व्यवस्थापन गरे पुग्छ। जुन महासमिति बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्ने निर्णय भइसकेको छ।

 

Virus-free. www.avast.com

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान
सुन काण्ड: थप दुई जना पक्राउ !
सुन काण्ड: थप दुई जना पक्राउ !
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
गण्डकी प्रदेश : पाँचवर्षमा चार सरकार
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा प्रतिबन्ध
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
डडेल्धुराको पहिलो मतपरिणाम : शेरबहादुर देउवाले अग्रता लिए (राति पौने १२ बजेको अपडेट
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी
सरकारद्वारा दूधको लागत मूल्य ५० रुपैयाँ पुर्‍याउने तयारी

तपाईंले छुटाउनुभयो कि?