कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
सारांश
- राजन दाहाल केन्द्रीकृत विकासको प्रभावले अव्यवस्थित शहरीकरण भएको काठमाडौंमा मानिसहरुको जीवन अस्तव्यस्त रहेको छ ।
- सेवा र सुविधाको उपभोग जति छ त्यति नै जटिल जीवनशैली मानिसहरुको रहेको छ ।
- मानिसको जीवनयापन शैलीलाई सहज र व्यवस्थित बनाउन विभिन्न विज्ञान र प्रविधिको आविष्कार र अन्वेषण भएको छ ।
राजन दाहाल
केन्द्रीकृत विकासको प्रभावले अव्यवस्थित शहरीकरण भएको काठमाडौंमा मानिसहरुको जीवन अस्तव्यस्त रहेको छ । सेवा र सुविधाको उपभोग जति छ त्यति नै जटिल जीवनशैली मानिसहरुको रहेको छ । मानिसको जीवनयापन शैलीलाई सहज र व्यवस्थित बनाउन विभिन्न विज्ञान र प्रविधिको आविष्कार र अन्वेषण भएको छ ।
शहरलाई व्यवस्थित बनाउन विभिन्न आवास गृहहरुको अवधारणा विकास नभएको त हैन तर पनि मध्यम तथा निम्न वर्गिय परिवारहरुको बाहुल्यता रहेको यो राजधानीमा त्यस्ता आवास गृहहरुमा सबै वर्गको पहुँच सहज छैन । मानिस जुनसुकै वर्गको वासस्थान सुरक्षित, स्वस्थ र पायक पर्ने स्थान नै खोज्दछ । यस सँगसँगै अहिलेको मानिसहरुको व्यस्तता निकै बढ्दै गएको छ ।
यि विभिन्न कुराहरुलाई ध्यानमा राख्दै हालै नेपालमा पहिलो पटक समयको वचत गर्ने, मानिसहरुलाई सहज तरिकाबाट कोठा वा फ्ल््याट उपलब्ध गराउने उद्देश्यले केही समय अगाडी देखि घरभेटी डटकम अनलाइनन सञ्चालनमा आएको छ । अत्याधिक जनसंख्याको चाप, असुरक्षित वातावरण जस्ता कारणले समयमा कोठा नपाउने, आफ्नो अनुकुल अनुसार कोठा नपाउने आदि समस्याको समाधान गर्नका लागि घरवेटी अनलाइन सञ्चालनमा आएको हो । घरभेटी डटकमको मोवाइल एप पनि रहेको छ ।
जसले गर्दा वेबसाइट वा मोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने भएको छ यसले युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सुचना प्रदान गर्ने ल्यतषथ च्ययm प्रविधि भनेर विकास गरेको छ । यसको मद्दतले खाजेको जस्तो कोठा भाडामा पाउन सकिन्छ साथै प्रि बुकिङ्ग फिचरको सहयोगले घरभेटीले कोठा खाली हुनु अगावै उक्त कोठा भाडाको लागि रहेको सम्पूर्ण विवरण उपलब्ध गराउन सक्नेछन् ।
यस एपको प्रयोग प्रभावकारी रुपमा गर्न सकेमा लामो समयसम्म कोठा खोज्ने झझन्ट र घरभेटीले कोठा खाली राख्नुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुन सक्ने अवस्था देखिन्छ । मानिसहरुको आवश्यकता र समस्याको समाधान गर्न नेपालमा विभिन्न आइटी सम्बन्धी प्रविधिहरुको सुरुवात र सञ्चालन बढ्दै आएको छ ।
मानिसले आश्रय स्थल स्वस्थ, सुरक्षित र शान्त होस भन्ने चाहन्छ । तर विभिन्न समस्याले भने जस्तो स्थान भेटाउन सकिदैँन । जसको असर मानिसको जीवनमा प्रत्यक्ष रुपमा पर्दछ । सुरक्षित बसोवास, सरल र सहज वातावरणमा मानिसहरुलाई चाहे अनुसारको घर कोठाहरुको उपलब्ध गराउने प्रमुख उद्देश्यसहित घरभेटी डटकम सञ्चालनमा ल्याइएको हो । यसको प्रयोगबाट लामो समयसम्म कोठा खाली राख्न नपर्ने भएको हुँदा आर्थिक नोक्सानीबाट समेत छुटकारा पाउन सकिनेछ ।
नेपालमै पहिलो पटक सुरुवात भएको यस प्रविधि प्रभावकारी बन्ने देखिन्छ । गल्ली गल्लीमा कोठा खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य र समयको बचत हुनेछ । मानिसहरुको समस्या समाधान गर्नेएउटा साथीको रुपमा घरभेटी डटकम सञ्चालित छ । घरभेटी डटकमका सञ्चालक यसले नेपालमा सम्भवत एउटा नयाँ, आधुनिक र व्यवस्थित कार्यको थालनी भएको समेत दावी गर्दछन् ।
कोठा खाली रहेको समयको आर्थिक नोक्सानी हुनबाट बचाउने, घरभेटीको घरमा टुलेटको बोर्ड झुण्डिनुअघि नै कोठा खोज्ने समस्यामा परेका मानिसको पहँुच बढाउने विश्वास सञ्चालकहरुको छ । यस एपले कोठा वा घर निर्माण सम्पन्न हुनु वा कोठा खाली हुनुअघि नै उक्त खाली ठाउँ तोकिएको मितिबाट प्राप्त गर्न सकिने गरी गरि अग्रिम बुकिङ खुल्ला गरी कोठा भाडामा लगाइदिने गर्दछ ।
कोठा खोज्ने तथा घर भाडामा लगाउन खोज्नेहरु दुवै पक्षको लागि अति उपयोगी टुलको रुपमा यो एप विकास भएको छ । समय जटिल छ । प्रत्येक मानिसले आफ्नो सहजता र अनुकुल मात्र हेर्ने गर्दछ जसको प्रत्यक्ष असर दोस्रो व्यक्तिको जीवनमा पर्दछ र अप्ठ्यारो परिस्थितिहरु सिर्जना हुने गर्दछ । यसरी अस्तव्यस्त बनिरहेको राजधानीमा मानिसहरुको केही हदसम्म भएपनि समयको बचत गर्ने, समस्याको समाधान गर्ने र व्यवस्थित प्रणालीबाट सञ्चालित हुनका यो एप निकै नै प्रभावकारी हुने देखिन्छ ।
प्रतिक्रिया