ऐश्वर्यालाई लाग्यो झट्का
सारांश
- काठमाडौं, २६ भदौ ।
- कुनै समय बलिउडमा निकै चर्चित चलचित्र दिने नायिका ऐश्वर्या राय बच्चनले हाल एउटा पनि चर्चित चलचित्र दिन सकेकी छैनन् ।
- अभिषेक बच्चनसँगको वैवाहिक सम्बन्धपछि लामो ग्याप लिएकी उनले २०१५ मा सञ्जय गुप्ताको ‘जज्बा’ चलचित्रबाट कमब्याक गरेकी थिइन् ।
काठमाडौं, २६ भदौ । कुनै समय बलिउडमा निकै चर्चित चलचित्र दिने नायिका ऐश्वर्या राय बच्चनले हाल एउटा पनि चर्चित चलचित्र दिन सकेकी छैनन् । अभिषेक बच्चनसँगको वैवाहिक सम्बन्धपछि लामो ग्याप लिएकी उनले २०१५ मा सञ्जय गुप्ताको ‘जज्बा’ चलचित्रबाट कमब्याक गरेकी थिइन् ।
तर यो चलचित्रले बक्स अफिसमा सफलता हात पारेन । यस चलचित्रपछि उनले ‘सर्बजित’ मा काम गरिन् । जसलाई उमंग कुमारले निर्माण गरेका थिए । यो चलचित्रले पनि सफलता हात पार्न सकेन ।
केही दिनअघि ऐश्वर्याको अभिनय रहेको अर्को चलचित्र ‘फन्ने खान’ प्रदर्शनमा आयो । चलचित्रमा ऐश्वर्याले एक गायिकाको भूमिका निर्वाह गरेकी थिइन् । ऐश्वर्याले निकै आशा बोकेको यो चलचित्रले पनि बक्स अफिसमा सफलता हात पार्न सकेन ।
एकपछि अर्को चलचित्रले सफलता हात नपारेपछि नानाथरी विश्लेषण हुन थालेका छन् । कसैले आमा बनिसकेपछि उनको क्रेज समाप्त भएको त कसैले उनले सही चलचित्र छनोट गर्न नसकेको विश्लेषण गरिरहेका छन् ।
एकपछि अर्को चलचित्र फ्लप हुँदा पनि चलचित्र पाइरहेकी उनलाई अहिले भने झट्का लागेको छ । उनले केही समय अघि साइन गरेको चलचित्र ‘ओ कौन थी’बाट उनी निकालिएकी छिन् । उनलाई निकालेर उनको भूमिका बिपाशा बशुलाई दिइएको छ ।
उनले अब चलचित्र ‘गुलाब जामुन’ मा आफ्ना श्रीमानसँग अभिनय गर्दैछिन् ।
प्रतिक्रिया