विश्वकै धनी युट्युबर र्यान
सारांश
- काठमाडौं, पुस १४ ।
- सन् २०१९ मा युट्युबबाटै सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा र्यान काजीको नाम अहिले विश्वभर चर्चामा रहेको छ।
- अमेरिकाका आठ वर्षीय यी बालकको नाम विश्वचर्चित पत्रिका फोब्र्सले धनाढ्यको सूचीमा समेत सूचीकृत छ।
काठमाडौं, पुस १४ । सन् २०१९ मा युट्युबबाटै सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा र्यान काजीको नाम अहिले विश्वभर चर्चामा रहेको छ। अमेरिकाका आठ वर्षीय यी बालकको नाम विश्वचर्चित पत्रिका फोब्र्सले धनाढ्यको सूचीमा समेत सूचीकृत छ।
अमेरिकामा सबैभन्दा बढी पैसा कमाउने उत्कृष्ट १० युट्युबरको सूचीमा र्यानको नाम पहिलो नम्बरमा परेको छ। सानै उमेरमा युट्युबमा आफ्नो सीप र क्षमता प्रदर्शन गरेर विश्वभरका बालबालिकामाझ लोकप्रिय बनेका र्यान सिर्जनशीलताको पनि उदाहरण बनेका छन्।
आठ वर्षकै उमेरमा र्यानले कसरी कमाए यति धेरै पैसा रु भाइबहिनीको मनमा अवश्य पनि यस्तो जिज्ञासा जाग्न सक्छ। तिमीहरूमध्ये कतिले त युट्युबमा र्यानको भिडियोसमेत हेरिसकेका होलाऊ। उनले युट्युबमा विभिन्न खेलौनाको समीक्षा गर्ने गर्छन्। उक्त समीक्षा उनले आफ्नो च्यानल ‘र्यान वल्र्ड’ मा अपलोड गर्ने गरेका छन्। उक्त युट्युब च्यानलमार्फत उनले सन् २०१९ मा मात्रै २।६ करोड अमेरिकी डलर कमाएका छन्।
गत वर्ष पनि र्यान सर्वा्धिक पैसा कमाउने युट्युबर बनेका थिए। सन् २०१८ मा उनले २।२ करोड अमेरिकी डलर कमाएका थिए। खेलौनासँग खेल्दाखेल्दै उनले यति धेरै पैसा कमाएका हुन्। उनी आफ्नो काममार्फत विश्वभरका बालबालिकाका लागि मात्र नभई ठूला मानिसका पनि सुपरस्टार बनेका छन्।
प्रतिक्रिया