न्यूजिल्याण्डमा कसरी मरे १४५ ह्वेल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३८ पटक हेरिएको
Shares
न्यूजिल्याण्डमा कसरी मरे १४५ ह्वेल ?

सारांश

  • न्यूजिल्याण्डको स्ट्युअर्ट आइल्याण्डको समुद्री तटमा झण्डै १४५ वटा पाइलट ह्वेल मरेका छन् ।
  • शनिबार पदयात्रीहरुले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलोपक देखेका थिए ।
  • पदयात्रीले खबर गरे पछि पुगेका अधिकारकर्मीका अनुसार उनीहरु पुग्दासम्म आधाभन्दा बढि ह्वेल मरिसकेका थिए ।

न्यूजिल्याण्डको स्ट्युअर्ट आइल्याण्डको समुद्री तटमा झण्डै १४५ वटा पाइलट ह्वेल मरेका छन् । शनिबार पदयात्रीहरुले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलोपक देखेका थिए । पदयात्रीले खबर गरे पछि पुगेका अधिकारकर्मीका अनुसार उनीहरु पुग्दासम्म आधाभन्दा बढि ह्वेल मरिसकेका थिए । त्यस्तै बाँकी अन्य ह्वेलहरुलाई पनि बचाउन मुस्किल भएपछि मारिएको थियो ।

अघिल्लो सप्तान्हमा पनि अर्को छुट्टै घटनामा १२ पिग्मी ह्वेल र एउटा स्पर्म ह्वेल न्यूजिल्याण्डको समुद्री तटमा आएर अलपत्र परेका थिए । ती अलपत्र परेका ह्वेलमध्ये ४ वटा मरेको र बाँकीलाई उपचार गरेर समुद्रमै फकाईने बताइएको छ ।

संरक्षण विभागका अनुसार प्रत्येक वर्ष झण्डै ८५ वटा यस्ता घटना हुन्छन् । धेरैजसो घटनामा ह्वेलको बथान नभएर एउटा ह्वेलमात्रै समुद्री किनारमा आएर अलपत्र पर्ने गरेको पाइन्छ ।

किन अलपत्र पर्छन् ह्वेल ?
ह्वेल र डल्फिन कसरी अलपत्र पर्छन् भन्ने पूर्ण रूपमा बुझ्न नसकिएको संरक्षण विभागले जनाएको छ । तर बिरामी पर्नु, यात्रा गर्दा दिशा ठम्याउन नसक्नु, समुद्री छालको प्रभाव र सिकारी जीवको लखेटाइमा पर्नुलाई ह्वेल वा डल्फिन यसरी अलपत्र पर्ने सम्भावित कारण मानिएको छ ।

शनिवार बिहान नर्थ आइल्यान्डको तटमा एउटा १५ मिटर लामो स्पर्म ह्वेल मृतावस्थामा भेटिएको थियो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
शक्तिराष्ट्रको ध्यान कोरोना भ्याक्सिन बेचेर मोटो रकम कमाउनेतर्फ
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
नेकपामा जनवर्गीय संगठनको एकता अन्याेलमा
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
महङ्गा भए ब्याडमिन्टन कभर्डहल
महङ्गा भए ब्याडमिन्टन कभर्डहल
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
भदौ १ गते सोमवारको राशिफल यस्तो छ
भदौ १ गते सोमवारको राशिफल यस्तो छ
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना
कता न कता हुने जोखिमका बिचको एकता-बिजय तिमल्सिना