हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने एक नम्बर प्रदेश सरकारकाे निर्णय

सारांश

  • विराटनगर।
  • बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ।
  • प्रदेश नं–१  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।
विराटनगर। बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ।
प्रदेश नं–१  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।
जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ।
बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको, दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल सहयोगसमिति प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठन गरेको र मेलाका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश प्रहरीको गठन, सेवा शर्त र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान भएको, सङ्घ संस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृति भएको, चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधि, २०७५ स्वीकृत प्रदान भएको र चैत १७ गते बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि बैठकले गरेको छ ।
बैठकले गाउँ तथा नगर सभाका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?