कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३०, २०७६
|
|
६२ पटक हेरिएको
Shares
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि

सारांश

  • काठमाडौं।
  • विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्।
  • गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ।

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ। विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उनले जानकारी दिए।

अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अष्ट्रेलियामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक÷एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
ओखलढुंगामा बाम गठबन्धनले खाता खोल्यो, गुरुङ विजयी
ओखलढुंगामा बाम गठबन्धनले खाता खोल्यो, गुरुङ विजयी
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !
चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !
कर्मचारी उत्प्रेरित गर्न अभिमुखीकरण
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ: नेम्बाङ (अन्तर्वार्ता)