ओखलढुंगामा बाम गठबन्धनले खाता खोल्यो, गुरुङ विजयी
सारांश
- ओखलढुंगा–ओखलढुंगाको क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ बिजयी भएका छन् ।
- उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतान्तरले पछि पादै गुरुङ बिजयी भएका हुन् ।
- गुरुङले १८ हजार ९ सय ८ प्रप्त गरेका छन् भने दाहालले ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।
ओखलढुंगा–ओखलढुंगाको क्षेत्र नम्बर १ (क) मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मित्रसेन दाहाललाई ७ हजार २ मतान्तरले पछि पादै गुरुङ बिजयी भएका हुन् ।
गुरुङले १८ हजार ९ सय ८ प्रप्त गरेका छन् भने दाहालले ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै, संघीय समाजवादी फोरमले २ सय ९९ र नयाँ शक्ति नेपालले १ सय ८४ मत ल्याएका छन् ।
अहिले बिजयी घोषित भएका गुरुङलाई समर्थकहरुले बोकेर बजार परिक्रमा गर्दै बिजयी जुलुस निकालीरहेका छन् ।
ओखलढुंगा निर्वाचन क्षेत्र नं क मा यसपटक ३२ हजार ५ सय ८१ मत खसेको थियो । जसमध्ये १ हजार १ सय २२ मत बदर भएको पाइएको छ । प्रतिनिधि सभा तर्फपनि बाम गठबन्धनकै उम्मेद्वार यज्ञराज सुनुवार अंग्रपंतीमा रहेका छन् ।

Prabina Ghale
आजको आबासेक्ता बाम धेरै धेरै बधाई छ
Dhan Bahadur Kc
Congratulations comred
Jitbahadur Gurung
Congratulation comred
सुरज बिरहि सुरखेति
हार्दिक बधाई छ कमरेड लाल सलाम
Kanchha Himdung Tmg
Congratulation.