कोरियाली भाषा परीक्षा आगामी जेठमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
४९ पटक हेरिएको
Shares
कोरियाली भाषा परीक्षा आगामी जेठमा

सारांश

  • काठमाडौँ, २८ फागुन  रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ ।
  • वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।
  • आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ ।

काठमाडौँ, २८ फागुन  रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।

भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट धधध।भयभचक।भउकलभउब।िनयख।लउ बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ ।

कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।

पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
मेयरमा कांग्रेसको जित ;; नवलपरासी
मेयरमा कांग्रेसको जित ;; नवलपरासी
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
Road crash claims four lives !
सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ? यस्तो छ कारण !
सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ? यस्तो छ कारण !
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान
नेपाली क्रिकेट टोली युएर्इ प्रस्थान