राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
५५ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

सारांश

  • काठमाडौँ, १० वैशाख ।
  •   दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ ।
  • राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

काठमाडौँ, १० वैशाख ।  दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उहाँले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको हो ।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय जानु भई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिनुभएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले  जानकारी दिनुभयो ।

कोषका पदाधिकारीसँग कुरा गर्दै उहाँले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिनुभयो ।सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । त्यसबेला उहाँले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
भीषण वर्षा र आँधीका कारण जापानको राजधानी टोकियो अस्तव्यस्त
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
उत्तरगया धाममा पुसे औंसी नुहाउने र श्राद्ध गर्नेहरूको भीड
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
मुख्यमन्त्री शेरधन राईलाई बम आक्रमणबाट बचाउने असईको बढुवा !
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए