कोरिया जानेका लागि स्वास्थ्य परीक्षण आजदेखि यी चार अस्पतालमा
सारांश
- काठमाडौं– सन् २०१९ का लागि कोरिया भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण आज सोमबारदेखि हुँदैछ ।
- काठमाडौंका चारवटा अस्पतालबाट स्वास्थ्यको परीक्षण हुने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
- पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ ।
काठमाडौं– सन् २०१९ का लागि कोरिया भाषा परीक्षा पास गरेकाहरुको स्वास्थ्य परीक्षण आज सोमबारदेखि हुँदैछ । काठमाडौंका चारवटा अस्पतालबाट स्वास्थ्यको परीक्षण हुने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ ।
पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने तयारी पूरा भएको छ । सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान कोरियाली भाषा परीक्षा लिइएको थियो ।
ईपीएस कोरिया शाखाका अनुसार चारैवटा अस्पतालबाट हरेक दिन हजार जनाको दरले स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षणमा सफल भएकाहरु, प्रहरी रिपोर्ट आएपछि भदौ ८ देखि रोजगार आवेदन फारम भर्न पाउने छन् ।
सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जान सात हजार ९ सय ९६ जना भाषा परीक्षा उतीर्ण भएका थिए । सन् २०१८ का लागि रोजगार अनुमती पाइसकेकाहरु अझै ५ हजार जान बाँकी छन् ।
प्रतिक्रिया