पार्टीभित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सर्वदलीय बैठक डाके ।
  • बैठकको एजेन्डा गणतन्त्रविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट हुने थियो ।

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सर्वदलीय बैठक डाके । बैठकको एजेन्डा गणतन्त्रविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट हुने थियो । उनले त्यही अनुसार ब्रिफिङ गरे । ओलीले सवंदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएर सुझाव मागे ।

बैठकमा अन्य दलका प्रतिनिधिले बोलेपनि आफ्नै दल नेकपाका प्रतिनिधिलाई ओलीले बोल्ने अवसर दिएनन् । उनीहरुले सुनेर मात्र बसे । ओलीले अहिलेको अवस्थामा किन सर्वदलीय बैठक डाके ? के साँच्चै राजावादीले गणतन्त्रलाई ठुलो चुनौती दिइसकेका छन् ? यो विषयबारे विश्लेषण हुनथालेको छ ।

कतिपयले ओलीले सर्वदलीय बैठक डाकेर पार्टीभित्रबाट चलेको प्रहारबाट ध्यान अन्यत्र मोड्न खोजेको विश्लेषण गर्न थालेका छन् । उनले राजावादीको शक्ति बढेको देखाएर आफ्नै विरोधीलाई समेत तर्साउन खोजेको चर्चा छ । विशेषगरी प्रचण्ड र माधवकुमार नेपाललाई उनले डर देखाउन थालेका छन् । यसैलाई कारण देखाउँदै गणतन्त्रवादी शक्तिलाई एकजुट हुन आग्रह समेत गरेका छन् ।

नेपाली काँग्रेस आन्दोलनमा जानलाग्दा उसलाई पनि रोक्ने ओलीको प्रयास छ । सडकमा राजावादी बढेबाट ओलीले काँग्रेसलाई पनि मिलेर जान आग्रह गरेओलीले विगतमा पनि सत्ता संकट आउँदा अनेनक राजनीतिक अस्त्र फालेका थिए । उनले कहिले उधारो आश्वासनहरु दिएर पार्टीभित्रको घेराबन्दी तोड्न सकेका थिए । यसपटक त्यसमा सफल बन्न सकेका छैनन् । उनले विकल्पमा अन्य राजनीतिक दलसँग समन्वय र सहकार्यलाई बढाउन थालेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणबारे छलफल गरिसेका छन् । ओलीले यसरी पार्टीभित्र भएको प्रहारलाई असफल बनाउन राजनीतिक अस्त्रहरु नयाँ तरिकाले फालिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाइने मुख्यमन्त्री राईकाे भनाइ !
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
विश्वकपमा छनोटमा अर्जेन्टिनाको झिनो सम्भावना
मञ्जुश्रीको मुर्तिले थपियो आकर्षक
मञ्जुश्रीको मुर्तिले थपियो आकर्षक
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !

तपाईंले छुटाउनुभयो कि?