प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं

सारांश

  • एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा विश्वभर प्रदुषणसँग सम्बन्धित रोगबाट ९० लाखको अकालमा मृत्यु भएको जनाएको छ।
  • ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदुषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गरिएको जनाएको छ।
  • विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदुषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनले देखाएको छ।

एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले सन् २०१५ मा विश्वभर प्रदुषणसँग सम्बन्धित रोगबाट ९० लाखको अकालमा मृत्यु भएको जनाएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले विश्वभर प्रदुषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गरिएको जनाएको छ।

विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदुषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनले देखाएको छ। अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदूषणपछि वायु प्रदुषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्ताले बताएका छन्।

प्रभावित
अकाल मृत्युका लगभग सबै घटना न्यून र मध्यम आय भएका मुलुकमा भएका छन्।

ती मुलुकमा हुने मृत्युमध्ये एक चौथाईको कारण प्रदुषणसँग सम्बन्धित रोग भएको देखिएको छ।

प्रदूषण

बांग्लादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा नराम्ररी प्रभावित भएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकहरुको सूचीमा भारत पाँचौं र नेपाल छैठौं स्थानमा छ।

ब्रुनेइ र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना हुने गरेको छ।

स्रोत
अधिकांश मृत्युहरु मुटु रोग, मस्तिष्कघात र फोक्सोको क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको उक्त अध्ययन प्रतिवेदनले जनाएको छ।

अध्ययन अनुसार सन् २०१५ मा वायु प्रदूषणका कारण विश्वभर ६५ लाखको अकाल मृत्यु भएको थियो।

त्यसमा ग्यास जस्ता वायु प्रदूषणका बाह्य स्रोत र दाउरा वा कोइला बाल्दा घरभित्र हुने आन्तरिक स्रोतलाई समेटिएको छ।

वायु प्रदूषणपछि अकाल मृत्यु गराउने दोस्रो ठूलो कारण पानीसँग सम्बन्धित प्रदूषण रहेको छ जसका कारण सन् २०१५ मा विश्वभर १८ लाख मानिसको ज्यान गएको थियो।

त्यसैगरी कार्यस्थलमा प्रदूषणसँग सम्बन्धित ८ लाख मृत्युका घटना भएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।

–बिबिसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
९० मुलुकमा कोरोनाको सक्रमण
९० मुलुकमा कोरोनाको सक्रमण
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
आचरणको स्मरण र पालना सैनिकको धर्म हो : प्रधानसेनापति शर्मा
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
देउवाले कसरी जिते संसदीय दलको नेता! उपनेता गच्छदार
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
नयाँ वर्ष : भक्तपुरमा रथयात्रा आजदेखि
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
प्रधानमन्त्री ओलीको लिखित जवाफ : मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ (पूर्णपाठ)
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
बालिका बलात्कारको आरोप लागेका व्यक्तिको घरमा आक्रोसित स्थानीयले गरे आगजानी
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय