रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
२० पटक हेरिएको
Shares
रवि लामिछानेले बुझाए निर्वाचन खर्च विवरण, ९ लाख ९० हजार रुपैयाँ खर्च

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयाेगमा बुझाएका छन्।
  • चितवन जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता अनुसार आफ्नो सम्पूर्ण निर्वाचन खर्चको विवरण पेश गरेका हुन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन आयाेगमा बुझाएका छन्।

चितवन जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिता अनुसार आफ्नो सम्पूर्ण निर्वाचन खर्चको विवरण पेश गरेका हुन्।

पेश गरिएको विवरण अनुसार उनले निर्वाचन अभियानका क्रममा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्। खर्च विवरणमा मनोनयन दर्ता शुल्कदेखि प्रचारप्रसार, यातायात, प्रशिक्षण तथा अन्य कार्यक्रमसम्बन्धी खर्च समावेश गरिएको छ।

विवरण अनुसार मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ भने नमुना मतपत्रसम्बन्धी सामग्रीमा ६८ हजार १६१ रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी यातायात तथा इन्धनतर्फ २ लाख ९५ हजार रुपैयाँ खर्च भएको देखिएको छ।

मतदाता प्रशिक्षणका क्रममा खाजा व्यवस्थापनमा १४ हजार २०० रुपैयाँ खर्च गरिएको छ भने बृहत् प्रचारप्रसारका लागि ४६ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। प्रचार सामग्रीतर्फ झण्डा र ब्याज खरिदमा १ लाख १२ हजार रुपैयाँ तथा ब्यानर र स्टिकर खरिदमा ५५ हजार रुपैयाँ खर्च गरिएको छ।

यसैगरी खाद्यान्न तथा राशन खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ। हवाई यात्रातर्फ तीन पटक गरी १३ हजार ६२६ रुपैयाँ खर्च भएको देखिएको छ भने गोष्ठी तथा भेलाका लागि १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन सम्पन्न भएपछि निश्चित समयभित्र आफूले गरेको खर्चको विस्तृत विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?