अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी

सारांश

  • काठमाडाैं।
  • अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बती मोहडातर्फको क्षेत्रमा फस्न पुगेका करिब ३५० जना पदयात्रीलाई उद्धारकर्मीहरूले सुरक्षित स्थानमा पुर्‍याएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
  • अन्य दुई सय जनाभन्दा धेरैसँग सम्पर्क भएको र तिनलाई सुरक्षित स्थानमा सार्न बाँकी रहेको ती विवरणमा भनिएको छ।

काठमाडाैं। अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बती मोहडातर्फको क्षेत्रमा फस्न पुगेका करिब ३५० जना पदयात्रीलाई उद्धारकर्मीहरूले सुरक्षित स्थानमा पुर्‍याएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

अन्य दुई सय जनाभन्दा धेरैसँग सम्पर्क भएको र तिनलाई सुरक्षित स्थानमा सार्न बाँकी रहेको ती विवरणमा भनिएको छ। सगरमाथाको पूर्वी मोहडातर्फ जाने तिब्बती उपत्यकामा भारी हिमपात हुँदा सयौँ पर्यटकहरू फस्न पुगेका हुन्। चीनमा यो सप्ताहान्तबाट आठ दिने राष्ट्रिय बिदा सुरु भएको छ र यो समयमा उक्त क्षेत्रमा उल्लेख्य पर्यटकहरू जाने गर्छन्।
सामाजिक सञ्जालमा आएका सामग्रीहरूमा पालहरू पुरिएका देखिएका छन्।

उद्धारकर्ताहरूले पर्यटकहरूको समूहलाई अवरुद्ध बाटो र सडक हुँदै सुरक्षित स्थानतर्फ जान सघाइरहँदा सामाजिक सञ्जालका ती सामग्रीमा देखिएका एक पथप्रदर्शकले उक्त स्थितिलाई वर्षको यो समयमा भएको असामान्य हिमपातका रूपमा अर्थ्याएका छन्।

उक्त क्षेत्र ४,९०० मिटरभन्दा अधिकको उचाइमा छ। पर्यटकको उद्धारका निम्ति उद्धारकर्मीका साथै गाउँलेहरू पनि खटिएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा प्रवेश भारी हिमपातले गर्दा शनिवारदेखि रोकिएको छ।

प्राय: मौसम सामान्य र आकाश सफा रहने भएकाले अक्टोबर महिनालाई सगरमाथा र आसपासका क्षेत्रमा जाने वर्षको उत्तममध्येको समय मानिन्छ।

तर यो वर्ष स्थिति विपरीत बन्न पुग्यो र सगरमाथाको पूर्वी मोहडातर्फको तिब्बतको कर्मा उपत्यकामा शुक्रवारदेखि सुरु भएको हिमपात तीव्र बन्न जाँदा पदयात्री र पथप्रदर्शकहरू फस्न पुगे।

“हिमाली क्षेत्र निकै चिसो र ओसिलो थियो। हाइपोथर्मिया एउटा वास्तविक जोखिमका रूपमा देखा पर्‍यो,” वोदाङ क्षेत्रबाट उद्धार गरिएका एक पदयात्रीले समाचारसंस्था रोएटर्ससँग भने।

“यो वर्षको मौसम सामान्य छैन। पथप्रदर्शकले अक्टोबरमा यस्तो मौसमको कहिल्यै सामना गर्नु नपरेको बताए। त्यो सबै एक्कासी हुन पुग्यो।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
रिलायवल डेभलपमेन्ट बैंक एक्विजिसनपछि ग्लोबल आइएमईद्वारा एकिकृत कारोबार शुरु
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छ: प्रधानमन्त्री
तालिबानसँगको शान्ति सम्झौताबाट पछि हटे ट्रम्प
तालिबानसँगको शान्ति सम्झौताबाट पछि हटे ट्रम्प
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
देवता रिसाउने डरले गाउँमा मदिरा निषेध
देवता रिसाउने डरले गाउँमा मदिरा निषेध

तपाईंले छुटाउनुभयो कि?