कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
४० पटक हेरिएको
Shares
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा

सारांश

  • दक्षिण कोरियामा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहने इच्छुकलाई सरकारको स्वागत रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा.
  • चिरन्जीवी नेपालले बताए ।
  • कोरियाको सेन्ट्रल बैंकसंग कुरा गरेपछि यसैबर्षबाट कोरियन सरकारले नीजि रेमिट्यान्स कम्पनीहरुलाई लाइसेन्स दिन थालेकाले टेमिट्यान्स खोल्न चाहनेलाई नेपाल सरकारको सहयोग हुने उनले स्पष्ट पारेका हुन् ।

दक्षिण कोरियामा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहने इच्छुकलाई सरकारको स्वागत रहेको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले बताए । कोरियाको सेन्ट्रल बैंकसंग कुरा गरेपछि यसैबर्षबाट कोरियन सरकारले नीजि रेमिट्यान्स कम्पनीहरुलाई लाइसेन्स दिन थालेकाले टेमिट्यान्स खोल्न चाहनेलाई नेपाल सरकारको सहयोग हुने उनले स्पष्ट पारेका हुन् ।

सोमबार सउल स्थित नेपाली राजदूताबासमा आयोजित अन्तरकृया कार्यक्रममा सो भनाइ राख्दै उनले कोरियामा रहेका नेपालीहरुलाई बैधानिक रुपमा रकम नेपाल पठाउन आग्रह पनि गरे ।

कोरियामा नेपालसंग कारोबार गर्ने आठवटा रेमिट्यान्स कम्पनीले लाइसेन्स लिइसकेका छन् । जसमध्ये ग्लोबल मणि एक्सप्रेस (जि.एम.ई)ले भने गत अक्टोबर १० तारिखबाट सउलमा कार्यलय स्थापना गरी कारोबार शुरु गरिसकेका छन् ।

आइतबार सो रेमिट्यान्स कम्पनीले नेपालबाट वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरुलाई आमन्त्रण गरी औपचारीकरुपमा कार्यलय उघाट्न गरेका थिए । कार्यक्रममा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र प्रशाद ढकाल, ग्लोबल आइएमइ वैंकका कर्पोरेट डाइरेक्टर सुमन शर्मा र नेपाल राष्ट्र बैंकका वित्तीय विभागका प्रमुख बामदेब सिग्देल , उद्योग बाणिज्य संघका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । जसको लागि नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल विमान ढिलाईका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् ।

कोरियामा वित्तिय क्षेत्रका उच्च पदाधिकारीहरु आमन्त्रण गरी पहिलोपटक औपचारिक उद्घाटन गरेका जि.एम.इ रेमिट्यान्स कम्पनीले २० दिन भित्र ७ सय जनाले २० लाख डलरको हाराहारीमा कारेबार गरेको कम्पनीका निर्देशक सुभाष पौडेलले बताए । कोरियन सरकारले गत जुलाईमा नीजि क्षेत्रबाट रेमिट्यान्स कम्पनी खोल्न चाहनेलाई लाइसेन्सको लागि आवहान गरेका थिए । सोही अनुसार अगष्ट २३ मा जि.एम.इले लाइसेन्स पाएको निर्देशक पौड्यालले जनाए ।

यसभन्दा अघि कोरियामा खोलिएका केही बैंकहरुले पैसा पठाउदा लग्ने शुल्क बढी तथा पैसा ढिलो पुग्ने र झन्झटिलो प्रकृया भन्दै ग्राहकहरु हुन्डी तर्फ नै बढी आकर्षित भएको देखिएका थिए । त्यसैले कम शुल्कमा विना झन्झट छिटो पैसा पुराउने सहज र सरल सक्रिय रेमिट्यान्स कम्पनीहरुलाई नेपाल सरकारले आवहान गरेको हुनसक्छ । श्रोत: फोनिज कोरिया ड्ट नेट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुगाबथान ( भिडिओ सहित )
सुगाबथान ( भिडिओ सहित )
भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ : प्रधानमन्त्री
गुणस्तरीयता वृद्धिसँगै सामुदायिक विद्यालयमा आकर्षण
गुणस्तरीयता वृद्धिसँगै सामुदायिक विद्यालयमा आकर्षण
काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर
काँग्रेसद्धारा वडा १९ मा पुन मतदान गर्न माग : भरतपुर
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न राष्ट्रपति भण्डारीको आग्रह
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
काठमाडौँ–केरुङ रेलमार्ग:  द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान
काठमाडौँ–केरुङ रेलमार्ग: द्विपक्षीय छलफलका लागि नेपाली टोली चीन प्रस्थान