कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
६९ पटक हेरिएको
Shares
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो

सारांश

  • बीबीसी।
  • कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ।
  • ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

बीबीसी। कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने बताइएको राष्ट्रसङ्घीय वार्षिक भेला कोप(२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुँदैथिए।

अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ। विश्वभरि भाइरसको सङ्क्रमण फैलिरहँदा पछिल्ला साता यो सम्मेलन पनि पर सारियोस् भन्ने आवाजहरू सुनिन थालेका थिए।

स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदैथिए।

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड(१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ।

भाइरसले देशहरूका प्राथमिकतामा बदलाव ल्याउन पारेको बाध्यात्मक अवस्था समेत स्पष्ट रूपमा देखिन्छ।
जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो। वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन्।

यद्यपि यस सम्मेलन यसअघि नै यूके र स्कटिस सरकारबीचको असहज अवस्थाले विवादित बनिसकेको थियो।

त्यसको एउटा कारण वार्ताहरू सञ्चालन गर्ने जिम्मा पाएकी मन्त्री क्लेअर ओ’निललाई प्रधानमन्त्री बोरिस जोनसनले बर्खास्त गरिदिनु रहेको थियो।

द इन्स्चिच्युट फर न्यू इकोनोमिक थिङ्किङका अडयर टर्नर भन्छन्स् “यस महामारीले कोप २६ का लागि हाम्रा प्राथमिकताका तहलाई पुर्नव्यवस्थित गर्नेछ।“

“कार्बन कम उत्सर्जन गर्ने नयाँ प्राथमिकता अब अर्थतन्त्रलाई पुनर्निर्माण गर्नुपर्ने अवस्थामाझ अवसरका रूपमा देखिनेछ।“

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
काठमाडौँबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ इस्टर्न च्याम्पियन
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
वार्ताका लागि कसरी राजी भयो उत्तर कोरिया?
वार्ताका लागि कसरी राजी भयो उत्तर कोरिया?
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन

तपाईंले छुटाउनुभयो कि?