ओली हटाउने प्रचण्ड डिजाइन तुहियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो

सारांश

  • काठमाडौं,फागुन १९ ।
  • वामदेव गौतमलाई राष्ट्रपतीबाट मनोनित गरी राष्ट्रियसभा सदस्य बनाउने निणर्य कार्यान्वयन नगरे यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ ।
  • ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन्।

काठमाडौं,फागुन १९ । वामदेव गौतमलाई राष्ट्रपतीबाट मनोनित गरी राष्ट्रियसभा सदस्य बनाउने निणर्य कार्यान्वयन नगरे यही निहुँमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनेसम्मको कार्यकारी अध्यक्ष प्रचण्डको प्रयास तत्कालका लागि असफल भएको स्रोतको दाबी छ ।

ओलीलाई हटाउने रणनीतिमा माधव नेपालको साथ नपाएपछि प्रचण्ड ब्याक भएका हुन्। नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्ने निणर्यमाथी पधानमन्त्रीले असहमती जनाएका थिए । उनको असहमती सचिवालय बैठकको निणर्यभन्दा पनि यसको नियत र प्रक्रिायाप्रति थियो ।

प्रचण्डको चलखेल

संविधान संसोधन कार्यदल गठन गरेलगत्तै ठूलो विरोध भएपछि नेकपा नेतृत्व बामदेवको चाहाना पुरा गर्ने बाटोबाट ब्याक भयो । यसबिचमा प्रचण्डले अर्काे चलखेल सुरु गरेको सुचना बालुवाटरले पाईसकेको थियो । प्रचण्डले शेरबहादुर देउवासंग पनि छलफल गरेको समेत बालुवाटरले जानकारी पायो ।जुन छलफलमा बिनोद चौधरी समेत संगग्न रहेका थिए ।

त्यसपछि प्रधानमन्त्री झस्किए
बामदेवलाई सहमत बनाउन दिपक भट्ट प्रयोग भएको सूचना पनि बालुवाटारले पाएपछि अध्यक्ष ओलीले सचिवालयको निणर्य प्रति झस्किए । उनले तत्काल माधव नेपाललाई बोलाएर सबै चलखेलका विवरण सुुनाउदै केहि व्यापारीको स्वार्थ पूर्ति गराउन आफूले अर्थमन्त्री खतिवडालाई नहटाउने जानकारी गराए । त्यसपटि नेकपा झण्डै–झण्डै दुर्घटनातर्फ जान लागेको समाचार प्रवाह भयो ।

झलनाथ खनालले पार्टी निणर्य कार्यान्वयनमा नगरे ओलीले पार्टी छाड्नुपर्ने अभिव्यत्ति दिए । जबकी खनाल तिनै नेता हुन जसले तत्कालिन एमालेका स्थायी कमिटिले गृहमन्त्री विष्णु पौडेललाई बनाउन दिएको निर्देशन नमानी कृष्णबहादुर महरालाई बनाएका थिए । आजको साँघु साप्ताहिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?