कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी

सारांश

  • चीनले कोरोना भाइरस (कोविड(१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी गरेको छ।
  • कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।
  • यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामुक्त बनाएको थियो।

चीनले कोरोना भाइरस (कोविड(१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।
यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामुक्त बनाएको थियो।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो। वुहान त्यही सहर हो, जहाँबाट कोरोनाको उत्पति भएको मानिन्छ।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ’क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ।

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ। लोकान्तर अनलाइनबाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?