‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
‘लकडाउन’ एक साता लम्बियो, राहत प्‍याकेज घोषणा

सारांश

  • काठमाडौं।
  • कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप एक साता ‘लकडाउन’ गर्ने भएको छ।
  • आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन चैत २५ गतेसम्म थप्ने निर्णय गरेको हो।

काठमाडौं। कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप एक साता ‘लकडाउन’ गर्ने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन चैत २५ गतेसम्म थप्ने निर्णय गरेको हो।

सरकारले यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले  जानकारी दिए । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने छ।

सँगै मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ ।  आइतबार  साँझ ५ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक राति ९ बजेसम्म चलेको थियो ।

बैठकले सरकारका सबै निकायले कोरोना भाइरससँग सम्बन्धित रहेर गरेका निर्णय कार्यान्वयन गर्न उच्चस्तरको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर नामक टास्क फोर्स (सीसीएमसी )समेत गठन गरेको छ ।

नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकै संयोजकत्वमा टास्क फोर्स बनेको हो ।

याे फोर्समा गृहमन्त्री रामबहादुर थापा 'बादल', स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डा. खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी सदस्य छन् । सँगै सरकारले यो टास्क फोर्समा सुरक्षा निकायका प्रमुखलाई समेत समेट्ने निर्णय बैठकले गरेको छ ।

'टास्क फोर्सले सरकारले चाल्ने कदम, कार्यान्वयनको स्थिति र त्यसको विषयमा निरन्तर अनुगमन र कार्यान्वयनको काम गर्नेछ’, पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने ।

नेपालमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण पाँचजनामा देखिएको छ। जसमध्ये एकजना भने निको भएर डिस्चार्ज भइसकेका छन्।

यसअघि उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखेरलको संयोजकत्वको नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार केही महत्वपूर्ण निर्णय गरेको थियो।

समितिले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने, क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समन्यव समिति बैठकले  चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको हो। चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय भएको छ।

मागलाई ध्यानमा राखेर प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको सचिव नारायण बिडारीले जानकारी दिए।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको छ।

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए।। ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका थिए। सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो।

त्यसैगरी बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई निवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ। सँगै विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट« बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर एकै परिवारका ७ जनाको मृत्यु
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’
सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ
सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ
तरकारीमा मन्दविषः किरा मार्न प्रयोग हुने विषादि सीधै भान्सामा
तरकारीमा मन्दविषः किरा मार्न प्रयोग हुने विषादि सीधै भान्सामा
नेयमार विनाको पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि
नेयमार विनाको पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
प्रधानमन्त्री ओलीलाई ८५ वर्षीया आमाको छोरा खोजिदिन आग्रह
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
एपिएफद्धारा मच्छिन्द्र पराजित
एपिएफद्धारा मच्छिन्द्र पराजित
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने
आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने

तपाईंले छुटाउनुभयो कि?