कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ११, २०७७
|
|
३६ पटक हेरिएको
Shares
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३

सारांश

  • थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।
  • आइतबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस मिटका क्रममा मन्त्रालयका प्रवक्ता डा.

थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस मिटका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन् । उनकाअनुसार अहिले थपिएका १९ संक्रमितहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

वक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ को परीक्षण भएको छ भने आरडिटीबाट परीक्षण गरिएको संख्या ९० हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ को पिसिआरबाट र आर डि टीबाट ३ हजार ७ सय ९१ को परीक्षण गरिएको छ । आईसोलेशनमा रहेकाको संख्या ५ सय १३ जना र डिस्चार्ज भएकाहरुको संख्या ८७ पुगेको छ ।

देवकोटाका अनुसार आज थपिएका १९ जना नयाँ संक्रमितहरु मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?