युरोपबाट वाइवाइ उत्पादन सुरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
युरोपबाट वाइवाइ उत्पादन सुरू

सारांश

  • काठमाडौः नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइको यूरोपबाट व्यवसायिक उत्पादन सुरू भएको छ ।
  • युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइ उत्पादन सुरू भएको हो।
  •  चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियास्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहकाबीच व्यवसायिक उत्पादन (कमर्सियल प्रडक्सन)को उद्घाटन गरे।

काठमाडौः नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइको यूरोपबाट व्यवसायिक उत्पादन सुरू भएको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइ उत्पादन सुरू भएको हो। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार सर्बियास्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहकाबीच व्यवसायिक उत्पादन (कमर्सियल प्रडक्सन)को उद्घाटन गरे।

‘नेपाली उत्पादन विश्वब्यापी ब्राण्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ’, अध्यक्ष चौधरीले भने, ‘यो प्रत्येक नेपालीका लागि गौरवको बिषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौँ’ अध्यक्ष चौधरीले वाइवाइ मार्फत् युरोपमा नेपाललाई चिनाउन पाएकोमा आफू गौरवान्वित भएको बताए। यसबाट युवा उद्यमीहरूका लागि नेपालबाट विश्वमा उद्यम व्यवसाय फैलाउन सकिन्छ भन्ने सन्देश र उर्जा प्राप्त हुनेछ भन्ने विश्वास पनि व्यक्त गरे।

सिजी इन्डष्ट्रियल पार्क नवलपरासीमा वाइवाइको थप एक प्रडक्सन युनिटको विस्तारसँगै नेपालमा ७ वटा प्रडक्सन युनिट रहेका छन् । केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन शुरू भएको थियो। निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागि आवश्यक तयारी शुरू भईसकेको कम्पनिले जनाएको छ।

भारतमा हालसम्म नौं वटा प्रडक्सन युनिट स्थापना भइसकेका छन् भने थप विस्तार हुने क्रम जारी छ । भारतीय नूडल्स बजारमा वाइवाइले २७ प्रतिशत हिस्सासहित दोस्रो स्थान ओगटेको छ।

 

चौधरी ग्रुपका अनुसार नेपाल र भारतपछि वाइवाइ युरोप, अफ्रिका, मध्यपूर्व र एसियाका अन्य देशहरूमा विस्तार गर्ने रणनीति अनुरूप हाल युरोपबाट उत्पादन शुरू भएको हो। सन् २०२० सम्ममा अन्तर्राष्ट्रिय थप १० ठाउँबाट वाइवाइ उत्पादन गर्ने योजना रहेको कम्पनिले जनाएको छ। सर्बियामा स्थापना भएको वाइवाइको यो १७औँ प्लान्ट हो। सन् २०१७ भित्रै बंगलादेशबाट पनि वाइवाइ उत्पादन शुरू गर्ने लक्ष्य अनुरूप काम भइरहेको चौधरी ग्रुपले जनाएको छ। अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?