कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कात्तिक महिनाभित्रै समाजवादी पार्टी सरकारबाट बाहिरिने

सारांश

  • काठमाडौं।
  • संविधान संशोधनसहित तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टी यही महिनाभित्रै सरकारबाट बाहिरिने तयारी गरेको छ।
  • आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्न नसकेको, सरकारले कामको गति लिन नसकेको भन्दै लगातार सरकारको आलोचना गर्दै आएको समाजवादी पार्टीले यही महिनाभित्र सरकारबाट बाहिरिने तयारी गरेको हो।

काठमाडौं। संविधान संशोधनसहित तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टी यही महिनाभित्रै सरकारबाट बाहिरिने तयारी गरेको छ। आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्न नसकेको, सरकारले कामको गति लिन नसकेको भन्दै लगातार सरकारको आलोचना गर्दै आएको समाजवादी पार्टीले यही महिनाभित्र सरकारबाट बाहिरिने तयारी गरेको हो।

राजपासँग एकताको तयारी गरेको समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ। स्रोतका अनुसार राजपाले एकताका लागि मुख्य रुपमा सरकारबाट बाहिरिनुपर्ने शर्त राखेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिन तयार भएको हो।
विशेष गरी नयाँ शक्ति पार्टीसँग एकतागरेपछि उपेन्द्र यादवमाथि सरकारबाट बाहिरिनु पर्ने दबाव छ। राजपाले पनि सरकारबाट नबाहिरिएसम्म एकता नहुने अडान लिएपछि समाजवादी पार्टी सरकारबाट बाहिरिने सोचमा पुगेको स्रोतले दाबी गर्यो।

‘सरकारमा सहभागी हुँदा भएको तीन बुँदे सहमति कार्यान्वयनप्रति सरकारले चासो देखाएन,’ स्रोतले भन्यो, ‘अहिलेकै अवस्थमा सरकारमा बसिरहँदा फाइदा भन्दा बढी घाटा हुने देखिएपछि सरकारबाट बाहिरिने सोचमा पार्टी पुगेको हो।’ यसअघि नै बाहिरै बसेर सरकारलाई समर्थन गरेको राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यदि समाजवादी पार्टीपनि सरकारबाट बाहिरियो भने ओली सरकारले ‘दुई तिहाइ’ बहुमत गुमाउनेछ। समाजवादी सरकारमा रहेका कारण मात्रै ओली सरकारसँग दुई तिहाइ बहुमत पुगेको हो। यद्यपी समाजवादी पार्टी सरकारबाट बाहिरिए पनि सरकारलाई तात्विक असर भने पर्ने छैन। किनभने नेकपासँग स्पष्ट बहुमत रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतोले सच्चाए आफ्नो अभिव्यक्ति
राजेन्द्र महतोले सच्चाए आफ्नो अभिव्यक्ति
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
पहिलो चरणको नतिजामा एमाले सबैभन्दा ठूलो दल हुने पक्का
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’

तपाईंले छुटाउनुभयो कि?