चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
१९ पटक हेरिएको
Shares
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा

सारांश

  • खलङ्गा।
  • जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ।
  • जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो।
खलङ्गा। जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ।
जुम्लाको पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा गाउँपालिकाले सबै घरधुरीको नाममा शेयर लगानी गरेको हो। यसका लागि गाउँपालिकाले रु दुई करोड लगानी गरेको हो। 
गाउँपालिकाले यहाँका तीन हजार ३२० घरधुरीको नाममा सो आयोजनाको शेयर लगानी गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले जानकारी दिए। 
उनका अनुसार सो रकम बराबरले विद्युत्मा काम गर्नेछन् र काम गरेका जनताको नाममा शेयर लगानी हुनेछ। यसैगरी सो गाउँपालिकाका एक हजार १०० स्थानीयवासीले व्यक्तिगत रुपमा रु ९० लाख शेयर लगानी गरेको चुकेनी खोला विद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर रावतले जानकारी दिए।
यसका साथै रु एक करोड गाउँपालिकाले आफ्नो नाममा शेयर लगानी थपेको छ । यसको साथै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि लगानी गर्ने भएपछि सो जलविद्युत् आयोजना बन्ने पक्का भएको छ। अध्यक्ष रावतका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड ४४ लाख ३० हजार र थप बजेट अनुदान रु १८ लाख २८ हजार स्वीकृत भई बजेट सिलिङको पत्रसमेत प्राप्त भइसकेको छ।
यसैगरी कर्णाली प्रदेश सरकार आर्थिक मामिला योजना मन्त्रालयबाट रु एक करोड रकम विनियोजन भएको पनि उहाँले जानकारी दिए। यसैगरी विभिन्न निकायको सहयोग तथा स्थानीयको शेयर लगानीसमेत भएपछि अब करीब एक मेघावाट बत्ती जुम्लामा दुई वर्षमा उत्पादन हुने पक्का भएको छ।
विसं २०६९ वैशाख महीनामा उद्घाटन गरिएको सो जलविद्युत् आयोजना रकम अभावका कारण रोकिएको थियो। लगानी जुटेपछि अहिले टेण्डर प्रक्रिया अगाडि बढी सकेको छ । यसका साथै विद्युत्मा जनताले गरेको शेयर लगानी आम्दानीको ५० प्रतिशत जनतालाई मुनाफा वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बुढाले बताए।
उनका अनुसार आयोजना निर्माणका लागि एशियाली विकास बैंक (एडिबी)ले रु तीन करोड ऋण उपलब्ध गराउने भएको छ। आफ्नै खोलानालाबाट निकालिएको बिजुली नै आम्दानीको स्रोत भएकाले धेरै प्रयासपछि चुकेनीको लगानी जुटेको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए।
चालिस वर्षअघि जुम्लाको सदरमुकाम खलङ्गाको साना जलविद्युत् आयोजनाबाट उत्पादित  २२० किलोवाट विद्युत्बाट अहिले बजारको माग धान्न सकेको छैन्। चुकेनी जलविद्युत् आयोजना निर्माण भएमा पातारासी गाउँपालिकासहित जुम्ला सदरमुकामलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने चुकेनी विद्युत् संहकारी संस्था लिमिटेडको लक्ष्य छ।
उद्योग स्थापनाको बाटो खुल्ने
पर्याप्त जडिबुटीको उच्च सम्भावना रहेको पातारासीमा विद्युत् उत्पादन भएपछि जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन सहयोग पुग्ने विश्वास लिइएको छ।  
यहाँ यार्सा, पाँचऔले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका लाखौँको जडिबुटी उत्पादन हुन्छ। तर बिजुली अभावका कारण जडिबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा यसबाट स्थानीयवासीले फाइदा लिन सकेको छैन भने ठूला व्यापारीहरुले लगानी गर्न सकेको अवस्था छैन। अब बिजुली उत्पादन भएमा लगानी गर्न सजिलो हुने बताइएको छ। 
यस्तै जुम्ला सदरमुकाममा पनि प्रयाप्त बिजुलीको अभावमा स्याउ प्रशोधन उद्योगदेखि विभिन्न आधुनिक उद्योगहरु फष्टाउन सकिएको छैन। यस्तो अवस्थामा चुकेनी जलविद्युत्ले यहाँको विकास र समृद्धिमा कोशेढुङ्गा सावित हुने विश्वास स्थानीयवासीको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभाजनको सँघारमा एकीकृत समाजवादी
विभाजनको सँघारमा एकीकृत समाजवादी
देवनारायणका  बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
देवनारायणका बाबुछोरालाई रिहाइको पहल गर्न गृहमन्त्रीको निर्देशन !
सलमान र सलीमलाई ज्यानको धम्की
सलमान र सलीमलाई ज्यानको धम्की
गोरखा–१ मा माओवादी केन्द्रको अग्रता, कसले कति मत ल्याए ?
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
हात खुट्टा बाँधेर जादु देखाउन नदीमा पस्दा बेपत्ता
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?