बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
४१ पटक हेरिएको
Shares
बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

सारांश

  • शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् ।
  • छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’, दामोदार पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह ‘शहरबिनाको रहर’ छन् ।
  • पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।

शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् ।

छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’, दामोदार पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह ‘शहरबिनाको रहर’ छन् । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालका अनुसार पुरस्कारका लागि कृति बुझाउन आह्वान गर्दा प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँचमा परेकाबाट थप छनोट गरी पुरस्कृत गरिने जानकारी दिनुभयो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको संस्थाले जनाएको छ ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार प्रदान हुने भएको हो । सो कृति पहिलो संस्करणमै १३ हजारप्रति प्रकाशन भएको थियो । अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यअनुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुनेछ ।
–––

–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
खोजी सूचीमा रहेका एमाले सचिव रायमाझीको घरमा प्रहरीको खानतलासी
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण चार वर्षभित्र
काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण चार वर्षभित्र
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
को को बन्लान् मुख्यामन्त्री ! एमालेमा हानथाप
को को बन्लान् मुख्यामन्त्री ! एमालेमा हानथाप
महासन्धिको उपलेख अनुमोदन गर्न माग
महासन्धिको उपलेख अनुमोदन गर्न माग
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
शिक्षा ऐनको नवौं संशोधनको विरोधमा शिक्षक सेवा आयोगमा तालाबन्दी
Azərbaycanda mərc oyunları şirkəti Baxış və rəylə