कोरोना कहरः आइतवार २४६ जना थपिए
सारांश
- नेपालमा कोरोना भाइरसका आज २ सय ४६ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज २ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २० हजार ३ सय ३२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १४ हजार ६ सय ३ जना संक्रमणमुक्त भएका छन् । आज १११ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । देशभर ५ हजार ६ सय ७२ जना उपचाररत छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया