लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
सारांश
- काठमाडौँ ।
- ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जना आज छुटेका छन् ।
- स्रोतका अनुसार मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे छुटेका हुन् ।
काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जना आज छुटेका छन् ।
स्रोतका अनुसार मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे छुटेका हुन् ।
स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको स्रोतले जनाएको छ ।
सो प्रकरणमा पक्राउ परेका अन्यलाई भने आजै काठमाडौँ जिल्ला अदालतबाट थप ५ दिन म्याद थप भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया