३३ किलो सुन गायब बनाउन भरियाको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
३३ किलो सुन गायब बनाउन भरियाको हत्या

सारांश

  • काठमाडौं, २० फागुन –  सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।
  • सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन्।
  •  आजको नागरिक दैनिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।

काठमाडौं, २० फागुन –  सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन्। आजको नागरिक दैनिकमा केपी ढुंगानाले खबर लेखेका छन् ।

यसअघिका घटनामा तस्करीमा संलग्न समूह–समूहबीचको आन्तरिक द्वन्द्व सार्वजनिक हुने गरेको थिएन । पछिल्लो समय तस्करबीच बढेको द्वन्द्व र अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन्।

गत असोजमा तस्करीको सुन लुकाएको आशंकामा रसुवाका गगन लामा काठमाडौंमा मारिए । हत्याको कारण तस्करीको १८ किलो सुन देखियो । लामा मारिएको पाँच महिनापछि फेरि सुन तस्कर समूहको आन्तरिक द्वन्द्वकै कारण सनम शाक्य मारिएका छन् । तस्कर समूहले उनलाई काठमाडौंबाट अपहरण गरी सिरहाको लहान पु¥याई करेन्ट लगाएर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार लहानको पश्चिमतिर नेपाल–भारत सीमा नजिकै लगेर तीनजनाको समूहले शाक्यलाई यातना दिएपछि मृत्यु भएको  अनुसन्धानबाट देखिएको छ।

यातनाका क्रममा शाक्यको मृत्यु भएपछि बा१२च ५९६३ नम्बरको स्कोरपियो गाडीमा शव राखेर धरानको चारकोसे झाडीमा गाड्न लैजानेक्रममा प्रहरीले शवसहित टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएको छ । ‘प्रारम्भिक अनुसन्धानमा केरुङबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको आशंकामा अपहरण गरेको देखिन्छ,’ एसएसपी लोहनीले भने, ‘सुन कहाँ छ भन्ने खुलाउन यातना दिँदा शाक्यको मृत्यु भएको देखिन्छ।’

शंकामै हत्या
असोज १६ मा काठमाडौं, स्वयम्भूमा शव फेलापरेका लामाले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भिœयाएका थिए । महाशाखाको अनुसन्धानमा लामाले असार २ मा चिनियाँ नागरिक बोई र तेन्जिङले रसुवामा ल्याएको तस्करीको सुन लाक्पा ग्याल्जेन तामाङलाई दिएका थिए । तामाङले सो सुन काठमाडौं ल्याउने जिम्मा उनै लामालाई दिएका थिए।

सुन लिएर रसुवाबाट हिँडेका लामा सम्पर्कविहीन भए । खोजीमा खटिएको टोलीले लामाकी प्रेमिकाको सहयोगमा उनलाई नियन्त्रणमा लिएर तस्कर समूहबाटै  छुरा हानेर हत्या गरेको खुलेको थियो।

तस्करीमा संलग्न समूहले सो सुन लामाले लुकाएको शंका गरेको अनुसन्धानमा खुलेको थियो । लामाले सुन लुकाए या लुकाएनन् सो खुल्न सकेको छैन।

शव फेला परेका शाक्यको हत्यामा संलग्न आरोपमा पक्राउ तीनजनाले उनी सुनसहित सम्पर्कविहीन भएपछि आफूहरुले खोजी गरेको र सुन लुकाएको खुलाउन यातना दिएर तर्साउन खोज्दा मृत्यु भएको प्रारम्भिक बयान दिएका छन्।

तस्करमाा बढ्दो आत्मबल
महाशाखाका अनुसार तस्करीको सुनको परिमाण साढे ३३ किलो रहेको खुले पनि त्यसको मूल नाइके को हुन् खुल्न सकेको छैन । पक्राउ परेका तीनैजना सुनका भरिया मात्रै रहेको र सुन तस्करीमा संलग्न पहिलो र दोस्रो समूहका सदस्य पक्राउ नपरेकाले प्रहरीले केरुङबाट काठमाडौं सुन भित्रिएको मिति समय निश्चित गर्न सकेको छैन।

महाशाखाको आशंकामा करिब एक महिनाअघि नाकाबाट सुन नेपाल भित्रिएको थियो । केरुङबाट भित्रिएको सुन भारत लैजाने योजना अनुसार शाक्यले झापा पु¥याएका थिए । त्यसपछि शाक्य सम्पर्कविहीन भए । तस्करीमा जोडिएका अन्य व्यक्तिले खोजी गर्नेक्रममा ४ दिनअघि शाक्यलाई काठमाडौंबाट अपहरण गरेर सिरहा लगेका थिए ।

महाशाखाले शनिबार सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार मोरङ उर्लाबारीका ३३ वर्षका शाक्यलाई अपहरणकारीले बन्धक बनाएर राखेको सूचना फागुन १५ मा आएको थियो । त्यसबारे अनुसन्धान गर्न महाशाखाले डिएसपी प्रजित केसीको कमान्डमा टोली परिचालन गरेको थियो । सोही टोलीले शनिबार मोरङ पोखरिया कन्यमार्गमा टेकराज मल्लले चलाएको बा.१२च. ५९६३ नम्बरको क्रिम कलरको स्कोरपियो गाडीको डिक्कीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरेको अवस्थामा शाक्यको शव फेला पारेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहको बन्दको आंशिक प्रभाव
विप्लव समूहको बन्दको आंशिक प्रभाव
हावाहुरी प्रभावित क्षेत्रमा थप चिकित्सक टोली परिचालन
हावाहुरी प्रभावित क्षेत्रमा थप चिकित्सक टोली परिचालन
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण
संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण
सरकारी जागिर खाएर कसैकाे सुराकी बन्नु भन्दा त व्यापार नै गरौँ कि ?
सरकारी जागिर खाएर कसैकाे सुराकी बन्नु भन्दा त व्यापार नै गरौँ कि ?
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
बामउम्मेद्बार रामचन्द्र झा को प्रचारप्रसार तीब्र , मतदाता र बामकार्यकर्ता निकै उत्साहित !
रसुवामा १६ वर्षीया बालिका बलात्कृत
रसुवामा १६ वर्षीया बालिका बलात्कृत
युवा पलायन हुँदा चितवनमा रगत अभाव
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’

तपाईंले छुटाउनुभयो कि?