कोरोना भाइरस कहिल्यै नष्ट नहुने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
३७ पटक हेरिएको
Shares
कोरोना भाइरस कहिल्यै नष्ट नहुने !

सारांश

  • कोरोना भाइरस उत्पत्ति भइसकेकाले कहिल्यै नष्ट नहुनसक्ने खतरा देखिएको छ ।
  • विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस कहिल्यै नष्ट नहुनसक्ने खतरा औल्याएको छ ।
  • विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा.

कोरोना भाइरस उत्पत्ति भइसकेकाले कहिल्यै नष्ट नहुनसक्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस कहिल्यै नष्ट नहुनसक्ने खतरा औल्याएको छ । विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा. माइक रेनले कोरोना भाइरस कहिले नष्ट हुन्छ भनेर अनुमान गर्ने विषय विरुद्ध बोलेका छन् । उनले बुधबार नियमित ब्रिफिङका क्रममा भ्याक्सिन पत्ता लागेपछि पनि यसलाई नियन्त्रण गर्न ठुलो शक्ति लगाउनुपर्ने बताए ।

‘यो भाइरस हाम्रो समुदायमा अर्को महामारी बनेको छ र यो भाइरस कहिल्यै नष्ट नहुनसक्छ,’ डा. रेनले जेनेभामा आयोजित नियपित प्रेस ब्रिफिङमा भने । उनले एचआइभी नष्ट नभएको समेत स्मरण गराए । सँसारभर एक सयवटा भ्याक्सिन विकासको प्रयास भइरहेको उल्लेख गरे । भ्याक्सिन विकास भइहाले पनि त्यसबाट कोरोना भाइरस नष्ट नभइहाल्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?