ठेकेदारले समयमा काम नगरे जेल हाल्नुस् : गृहमन्त्री बादल
सारांश
- काठमाडौं ३ जेठ- गृहमन्त्री रामबहादुर थापा बादलले सडक, पुल जस्ता विकास निर्माणमा हात हालेर समयमा काम नगर्ने ठेकेदारको सूचि बनाउन निर्देशन दिएका छन् ।
- सडक, पुल लगायत बनाउने जिम्मा लिएर नबनाउने ठेकेदार र ट्राफिक व्यवस्थापनमा निर्णयलाई कार्यान्वयन गराउने निर्देशन दिंदै गृहमन्त्री थापाले सडकको काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
- बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर सहित, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।
काठमाडौं ३ जेठ- गृहमन्त्री रामबहादुर थापा बादलले सडक, पुल जस्ता विकास निर्माणमा हात हालेर समयमा काम नगर्ने ठेकेदारको सूचि बनाउन निर्देशन दिएका छन् ।
सडक, पुल लगायत बनाउने जिम्मा लिएर नबनाउने ठेकेदार र ट्राफिक व्यवस्थापनमा निर्णयलाई कार्यान्वयन गराउने निर्देशन दिंदै गृहमन्त्री थापाले सडकको काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर सहित, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।
बटोघाटो, पुल लगायतका निर्माणको ठेक्का लिएर समयमा काम नसक्ने र कमसल काम गर्ने ठेकेदारको समेत सूची बनाउन समेत निर्देशन दिए । ‘त्यस्ता ठेकेदारको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि नसच्चिए जेल हाल्नुहोस्।’
गृहमन्त्रीले भने, ‘अर्को बैठकमा आउँदा अघि भएका निर्णय कुन कुन कार्यान्वयन भए विवरण सहित आउनु होला ।’
Bhakta Bdr Sodari
JAL halnu parxa