फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
सारांश
- फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्रराष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन् ।
- सांसदहरुले फेसबुकका संस्थापक मार्क जुगरबर्ग उपस्थित नभए पछि भने रोष प्रकट गरेका छन् ।
- उनीहरुले जुकरबर्गको अनुपस्थिति र फेसबुकबो नीति र कार्यशैली प्रति बाराम्बार प्रश्न उठाए ।
फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्रराष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन् । सांसदहरुले फेसबुकका संस्थापक मार्क जुगरबर्ग उपस्थित नभए पछि भने रोष प्रकट गरेका छन् । उनीहरुले जुकरबर्गको अनुपस्थिति र फेसबुकबो नीति र कार्यशैली प्रति बाराम्बार प्रश्न उठाए ।
लण्डनमा नौ देश अर्जेन्टिना, बेल्जियम, ब्राजिल, क्यानाडा, फ्रान्स, आयरल्याण्ड, लाटभिया, सिङ्गापुर र ब्रिटेनका सांसदहरू उपस्थित थिए । उक्त समूहको नेत्तृत्व दामियन कोलिन्जले सप्ताहान्तमा एक व्यापारीबाट काम लाग्ला भनी जफत गरिएका दस्तावेजहरूमा सन् २०१४ मा सामाजिक सञ्जालमा रुसको दुराशयपूर्ण गतिविधिको फेसबुकलाई जानकारी भएको प्रमाण फेला परेको बताएका छन् ।
फेसबुकले भने उत्तिखेरै आफ्ना इन्जिनियरहरू लगाई अनुसन्धान गरेको र उनीमाथि लगाइएको आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको बताएको छ ।
फेसबुकका कार्यकारी अधिकारी अलनले आन्तरिक कुराकानी र फेसबुकमा गरिने कुनै टिप्पणी वा अभिव्यक्तिलाई आधार बनाई कम्पनीको मूल्याङ्कन गर्न नहुने बताए ।
प्रतिक्रिया