कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
कोरोना भ्याक्सिन नेपाल आउन कति समय लाग्ला ?

सारांश

  • विश्व कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको अन्तिम चरणमा छ ।
  • रुस भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको छ ।
  • अमेरिकामा पनि भ्याक्सिन दर्ता प्रक्रियामा छ ।

विश्व कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको अन्तिम चरणमा छ । रुस भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको छ । अमेरिकामा पनि भ्याक्सिन दर्ता प्रक्रियामा छ । बेलायतमा पनि भ्याक्सिन विकास अन्तिम चरणमा छ । चीनमा पनि भ्याक्सिन आकस्मिक प्रयोग गर्न थालिएको छ । यसरी बलिया र विकसित देशहरुले भ्याक्सिन विकास गरी यसै वर्षभित्र प्रयोगमा ल्याउने बताइरहेका छन् ।

भ्याक्सिन विकास भएपनि विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छैन । भ्याक्सिनको सुरक्षा र प्रभावकारिता प्रमाणित नभएसम्म डब्लुएचओले मान्यता नदिने स्पष्ट पारिसकेको छ । अर्कोतर्फ भ्याक्सिन विकास भएमा गरिब देशहरुको समेत पहुँच हुनुपर्ने र समयमै पाउनुपर्नेमा पनि डब्लुएचओ गम्भीर छ । तर, गरिब देशहरुले भ्याक्सिन समयमै सुलभ र सहज तरिकाले पाउनेमा आशंकाहरु छ । नेपालमा पनि भ्याक्सिन चाँडै आउनेमा आशंका छ ।

नेपालमा कोरोना भाइरसको उपचारमा प्रयोगमा ल्याइएको रेम्डेसेभिर औषधी ल्याउँदा नै कमजोर व्यवस्थापन देखियो । केही कम्पनिलाई मात्र अनुमति दिएर कालो बजारी समेत भयो । भ्याक्सिन ल्याउँदा सरकारले नै ल्याउने तयारी भएको छ । तर, कुन देशको भ्याक्सिन प्रयोगमा ल्याउने र राज्यले त्यसका लागि खर्च कति गर्ने भन्ने सवाल पनि उठ्छ । अर्कोतर्फ, भ्याक्सिन विकास गरिरहेका देशहरुले मोटो रकम नपाई नबेच्ने अवस्था पनि आउन सक्छ । अहिले नै खाडीका धनी मुलुकहरुले भ्याक्सिन प्रयोगमा ल्याउन उत्पादन गरिरहेका देशहरुसँग ठुलो धनराशी खर्च गर्ने गरी सम्झौता गर्न थालेका छन् । यसले गरिब मुलुकहरुका लागि भ्याक्सिनको पहुँच कठिन हुनसक्छ । यसै पनि भ्याक्सिन उत्पादन विश्वलाई सन् २०२१ भित्र पुग्ने गरी नहुन सक्छ ।

अमेरिकी कम्पनि फाइजरले विकास गरेको भ्याक्सिन यो वर्षको डिसेम्बरभित्र पाँच करोडमात्र उत्पादन हुने जनाइएको छ । २०२१ भित्र उसले एक अर्ब डोज उत्पादन गर्ने जनाएको छ । भ्याक्सिन विकास गरिरहेका चार वटा कम्पनिले अर्कोवर्षभित्र चार अर्ब उत्पादन गरेपनि विश्वका ३ अर्ब जनसंख्या अर्को वर्षभित्र पनि भ्याक्सिनबाट वञ्चित हुनसक्छन् । यसमा गरिब मुलुकहरु नै पर्ने सम्भावना छ ।

मोर्डना कम्पनिको भ्याक्सिनको प्रयोग डिसेम्बरको दोस्रो हप्ताबाट शुरु हुने जनाइएको छ । उसले शुरुमा केही लाख उत्पादन गर्ने र विस्तारै करोड डजमा पुर्याउने जनाएको छ । फाइजरले यो वर्षभित्र ५ करोड डज भ्याक्सिन उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । अर्को वर्षको अन्तसम्ममा एक अर्ब ३० करोड डज उत्पादन गर्ने लक्ष्य लिएको बोरलाले बताएका छन् ।

भारतले पनि कोभ्याक्सिन विकास गरिरहेको छ । उसले अर्को वर्षको मध्यसम्ममा आफ्नै क्षमताबाट भ्याक्सिन विकास गर्ने लक्ष्य लिएको छ । भारतमा भ्याक्सिन बनेमा नेपालका लागि सहज र सुलभ पहुँच हुनसक्छ । तर, भारतको एक अर्ब ३० करोड जनसंख्या पहिलो प्राथमिकतामा पर्छन् । त्यसपछि मात्र छिमेकी मुलुक प्राथमिकतामा पर्नेछन् । भारतले भ्याक्सिन बनेपछि छिमेकीलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने जनाइसकेको छ । यस अवस्थामा नेपालले पनि पाउन सक्छ ।

नेपालमा चीनको भ्याक्सिन ल्याउने चर्चा पनि छ । चीनमा पनि ठूलो जनसंख्या छ । झण्डै डेढ अर्ब जनसंख्याले भ्याक्सिन पाएपछि मात्र चीनले विश्व बजार हेर्न सक्छ । यसकारण पनि भ्याक्सिन आउन समय लाग्न सक्छ ।

रुसी भ्याक्सिन स्पुतनिक दर्ता भएको तीन महिना पूरा भइसकेको छ । उसले यसको सर्वसाधारणका लागि अझै प्रयोग शुरु गरेको छैन । भ्याक्सिन विकास भइहालेमा एकैपटक करोडौं डज उत्पादन भइहाल्दैन । यसका लागि समय लाग्छ । विभिन्न प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । यसकारण पनि नेपालमा सन् २०२१ को मध्ययता भ्याक्सिन आउने सम्भावना देखिदैन । सम्भवत २०२१ को अन्ततिर भ्याक्सिन आउन सक्छ । त्यसका लागि पनि सरकारको सक्रियता र खर्च क्षमतामा भर पर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षेनी कहाँ हराउँछन् काम गर्न सक्ने ७ लाख नवयुवा ?
वर्षेनी कहाँ हराउँछन् काम गर्न सक्ने ७ लाख नवयुवा ?
स्वास्थ्य क्षेत्रमा सुन्दरीकाे खाेजि
स्वास्थ्य क्षेत्रमा सुन्दरीकाे खाेजि
२३ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ?  पार्टी पुनर्गठन गर्ने चेतावनी
यी २ नेतालाई प्रचण्डले किन ढाँटे ? पार्टी पुनर्गठन गर्ने चेतावनी
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
केपी शर्मा ओलीद्वारा चिनिया कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसँग भेट गरेको पुष्टी
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
बिश्वकप फुटबल २०१८: अराजक रसियालि समर्थक माझ टिक्ला त साउदि अरेबिया ?
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र
निर्वाचनका लागि खटियो सुरक्षा संयन्त्र
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल

तपाईंले छुटाउनुभयो कि?