प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
१६
|
२१ पटक हेरिएको
Shares
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’

सारांश

  • काठमाडाै, २१ साउन ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
  • प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक भएन ।

काठमाडाै, २१ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक भएन ।प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषाको प्रयोग गरी भाषण गर्ने क्रममा स्थानीयसंग ‘मलार्इ भारतले बोलाएको छ यहाँको विकासको कुरा राख्ने छु’ भनेका थिए । यही विषयलाई उठान गर्दै नेता भण्डारीले ‘नेपालको विकासको कुरा भारतसंग भन्न हुन्छ ?’ भनी प्रश्न गरेका हुन् ।

नेता भण्डारीले हुलाकी सडक भारतले बनाइदिने नाममा तराई कति वर्ष पछि परेको छ ? भनी प्रश्न गर्दै भारतसंग तरार्इको डुबानका कुरा, सुस्ताका समस्या, सिमाना मिचिएका कुरा, सिमा प्रहरीबाट जनताले पाएका सास्ती, लिपुलेकका कुरा, तरार्इमा बढ्दै गएका हिंसाका कुरा उठाउँछु भन्ने हो ? भनी गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

काँग्रेस नेता भण्डारीले ‘भारतले नेपाली जनतालाइ दुःख दिन हुँदैन म कुरा गर्दछु भनेको भए ठीक हुन्थ्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् –के तरार्इको विकासको जिम्मा भारतको हो कमरेड ?’ उनले प्रचण्डलाई व्यङ्ग्य गर्दै भनेका छन् –तरार्इको विकासको जिम्मा पालिका, नगरपालिका, प्रदेश र केन्द्रको हो । कठै नेपाली आमाले जन्माएका नेपाली नेता !!’

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Namuna ho

    Comment Author

    Devi Prasad Rijal

    अङ्ग्रेजी बोल्ने जति अमेरिका गएदेखि नेपाली स्कुलकलेजहरुको पनि काम थिएन नेता ज्यु कि पठाइदिने हो उतै पावरमा हुनुहुन्छ नेपालमा नेपाली बाहेक बोल्न नमिल्ने कानुन बनाए कसोहोला ।

      Comment Author

      Savina Ko Baba Savina

      भनना खोजेको चाहि भासा जून बूजाउन लाइ बोले पनि मन नेपाली हूनु परयो भासा संसार को जुन बोले नि भो

    Comment Author

    JN Marasini

    हेर हरूवा काङ्ग्रेसले उल्टो अर्थ लगायछ हाम्रो देश बहुभासिक बहुजातिय भयको देश हो
    जुन ठाउँ का जन्ताले तिनिहरुको भासा बोल्दा बुझ्छन त्यो बोल्नु 100% राईट हो ।

    Comment Author

    Kasi Subedi

    Natak parachanda is the no l ledrs

    Comment Author

    Balbhadra Regmi

    Nepal ma kasai lai pani hindi bolan nadinu paryo natra ke ta

    Comment Author

    Tanka Mani Nepal

    प्रभाे!!! मुझे बचाउ हम अा रहे हैं अापके शरण में !!!!!!!!!!! बेटी बेटा……घरवाली तया………. अकेले मजवर ।

    Comment Author

    Chandraman Maleku

    नेपाली वाहेक अरु भाषा वाेल्न भाषण गर्न नपाउने कानुन विगतमा कांग्रेस सरकारले किन नबनाएकाे हाेला।

    Comment Author

    Ram Mani Bhattarai

    तपाईहरूसंग उतै भटन पनि सजिलो हैन त?

    Comment Author

    Netra Bhusal

    बिचरा काङ्रेसी हरू बिरोधको पनि एउटा स्तर हुन्छ नि! पुल किन बनेन , सडक किन कमसल समाग्री प्रयोग गरि पिच गरियो, बाटाे किन बनेन, शिक्षा किन गुणस्तरिय भएन भन्ने कुनै गुनासो छैन यिनिहरूको, खाली फलानालाई किन नियुक्ति गरिनस् , भाषण गर्दा किन नेपाली बाहेकको भाषा बोलिस् , आदि आदि!!! यस्ता कुराले के काङ्रेसको लागि प्रतिपक्षको भुमिका निभाउने खुराक ५ वर्ष सम्म कसरी आपुर्ती गर्छन् होला , बिचराहरू!!!

    Comment Author

    Prasad Lila

    कोइ चोखो छैन कसैले नखोके हुन्छ बरु अब राजा लेउन सके देश ले काचुली फेर्ला

    Comment Author

    Suraj Khadka

    हा हा हारेको रिस पोखेको होलानी चन्द्रदाइ ले।

    Comment Author

    Paudel JL

    Nepalma deshileta hindima bhasan garthe aba nepalihu bhannepani pani hindima bolna thaleo modila khusi banauna holani

    Comment Author

    Ajit Sharma

    के हाे?चन्द्रजी हाउस मा हिन्दी मा बाेल्न सपथ लिन राेक छ जस्तो त लाग्दैन,फेरि प्रचण्ड ले हिन्दी मा भाषण गरेर के हानी भाे,बिराेध काे पनि स्तर हुन्छ ,स्तर छाडेर बिराेध गर्ने लाई नाेक्सान हुन्छ,तपाईकाे बिराेध शेर बहादुर केसी मार्का भाे

    Comment Author

    Rabi Bastola

    Mancha ma vasan garda janeko vasa bolda teti thulo isu banaunu parxa jasto lagdahina

    Comment Author

    Jiban Sharma

    काङ्ग्रेस नेता लाई लाजै नहुने रहेछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?