बर्दिवास महोत्सव फागुन १६ देखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
बर्दिवास महोत्सव फागुन १६ देखि

सारांश

  • बर्दिवास, १४ माघ ,बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ ।
  • बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।
  • जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिब भवनाथ खतिवडाले बताउनुभयो ।

बर्दिवास, १४ माघ ,बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ ।

बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।

जिल्लाका विशिष्ट उत्पादनको पहिचान बढाउन, बजार विस्तार गर्न र बर्दिवासको व्यापारिक सम्भावनाबारे व्यापारी र उपभोक्तालाई विश्वस्त बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका महासचिब भवनाथ खतिवडाले बताउनुभयो । महोत्सवमा बर्दिवास क्षेत्रमा उत्पादन हुँदै आएका कृषि उपज खासगरी तरकारी र मसलाको प्रदर्शनी गरिने संघको तयारी छ ।

महोत्तरीको बर्दिवास नगर क्षेत्रका माईस्थानको परबल, बिजलपुरा र पशुपतिनगरको हरियो तरकारी र हाथिलेट क्षेत्रमा उत्पादित उखुको सख्खर स्वादमा विशिष्ट मानिन्छ ।

महोत्सवमा मुलुककै प्रसिद्ध कलाकारहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुति, कृषि मेला प्रदर्शनी र स्थानीय विभिन्न भाषाभाषीका सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

करिब रु ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
योगेश भट्टराइले खाएको कसम देखेर आँशु झारे ताप्लेजुङबासीले
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
बझाङमा भूकम्पपछि पठनपाठन प्रभावित
बझाङमा भूकम्पपछि पठनपाठन प्रभावित