यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
१५ पटक हेरिएको
Shares
यसरी पो जाँदो रहेछ शीतल निवासबाट सोझै सर्वोच्चमा सूचना

सारांश

  • काठमाडौं, पुस २० ।
  • संवैधानिक अंगहरुले एक अर्काप्रति अविश्वास गर्ने अंकुश लगाउने र आपसी द्धन्द्ध चर्काउने खेल भएपछि लोकतन्त्र कसरी फस्टाउला ?
  • पुष १४ गते अर्थात् गत शुक्रवारको घटना हो ।

काठमाडौं, पुस २० । संवैधानिक अंगहरुले एक अर्काप्रति अविश्वास गर्ने अंकुश लगाउने र आपसी द्धन्द्ध चर्काउने खेल भएपछि लोकतन्त्र कसरी फस्टाउला ? पुष १४ गते अर्थात् गत शुक्रवारको घटना हो । त्यो दिन सर्वोचच अदालतको एउटा इजलास बस्दाबस्दै राष्ट्रपति कार्यालयबाट सोझै बेञ्चमा सूचना गयो ।

जनआस्था साप्ताहिकमा खबर छ–लगत्तै अन्तिम पेशीमा चढेको एउटा मुद्धा तामेलीमा राख्ने आदेश न्यायाधीशले सुनाए । बिषय थियो राष्ट्रपति कार्यालयमा रोकिएर बसेको एउटा अध्यादेश जारी गराउन सर्वोच्चमा परेको रिट ।

अधिवक्ता यज्ञनाथ न्यौपानेले अघिल्लो दिन दर्ता गरेको रिट नम्बर ०७४ डब्लु ओ ०३९९ को पेशी त्यसदिनलाई चढेको हो । प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, मन्त्रीपरिषद्लगायत ६ थरीलाई बिपक्षी बनाइएको रिटकाृ पेशी न्यायाधीस प्रकाशमान सिं राउतको इजलासमा थियो ।

विहान साढे १० बजे इजलास बस्यो । सुनुवाई जारी थियो । अन्तिममा यसको पालो थियो । तर १२ बजे राष्ट्रपति कार्यालयबाट बेञ्चमा नै एउटा खबर गयो । जसमा भर्खरै अध्यादेश जारी भइसकेको जानकारी उल्लेख थियो । ल अब केहि बोल्न परेन भन्दै मुद्धा तामेलीमा राखियो ।

यसबाट राष्ट्रपति कार्यालय डरमा रहेको स्रोत बताउँछ । कतै भरतपुरको मेयर प्रकरणमा झै सर्वोच्चले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न आदेश पो दिने हो कि भन्ने त्रासले पनि त्यहाँ काम गरेको हुनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?