डन ‘चरी’ की प्रेमीका खुश्वु अहिले के गर्दैछिन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
६० पटक हेरिएको
Shares
डन ‘चरी’ की प्रेमीका खुश्वु अहिले के गर्दैछिन्  ?

सारांश

  • काठमाडौं, १३ वैशाख ।
  • डन दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी २००६ मिस टिन खुश्वु ओली आजभोली कहाँ छिन्, के गर्दैछिन् ?
  • उनी काठमाडौंमा छिन् ।

काठमाडौं, १३ वैशाख । डन दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी २००६ मिस टिन खुश्वु ओली आजभोली कहाँ छिन्, के गर्दैछिन् ?

उनी काठमाडौंमा छिन् । बेलामौका बेलायत जान्छिन् । र, बालबालिकाका लागि सेल्टर भन्ने एनजिओ चलाउँछिन् ।

०७१, २ साउनमा चरी इन्काउन्टरपछि बेलायत पुगेकी खुश्वु त्यति बेला ठूलो चर्चामा आइन् जतिबेला उनले चरीको गैरन्यायीक हत्या भएको शंखघोष गरिन् । ‘सेल्टर’ नामको एनजीओ चलाएकी खुश्वुले चरी हत्यामा उनका साथी मानिने अर्पण कोइराला र प्रहरी अधिकार इन्काउन्टर स्पेशलिष्ट कुमोद ढुङ्गेलको रणनीतिक योजना रहेको दाबी गरेकी थिइन् ।

चरीको इन्काउन्टर गर्दा ढुंगेल इन्स्पेक्टर थिए । नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिष्ट मानिने ढुंगेलले पछिल्लो पटक रुपन्देहीका डन मनोज पुनलाई पनि गोली ठोकेका थिए ।

खुश्वुको राजनीतिक सम्बन्ध बलियो रहेको घटनाक्रमले देखाइरहेको छ । लन्डननिवासी सन्तोष कार्कीसँग विवाह गरिसकेकी खुश्वुले गएको माघमा मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । बालबालिकाको सुरक्षाको विषयलाई लिएर नै प्रचण्डसँग उनको भेट भएको थियो ।

एनजिओको सहयोगका लागि खुश्वुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्दै आएकी छन् । प्रधानमन्त्री ओलीसँग उनको समय–समयमा सम्पर्क समेत हुँदै आएको छ ।

अहिले सामान्य जीवन बिताउनका लागि मिडियामा नआएको बताउने खुश्वु चरी प्रकरणलाई सम्झन पनि चहान्न् ।

खुश्वुको सेल्टरलाई चरीको डोनेशन हुन्थ्यो
४ वर्ष अघि मारिएका डन चरीले खुश्वुको सेल्टरलाई सहयोग गर्दै आएका थिए । उनीहरूको चिनजान चरी मारिनु डेढ वर्ष अघि भएको थियो । खुश्वुले त्यसबेला एउटा अखबारलाई दिएको अन्तरवार्तामा नै यो स्वीकार गरेकी छन् । र, उनले भनेकी थिइन्,‘उहाँले मेरो सेल्टरलाई सहयोग गर्नु भएको छ ।’

परिवारले पनि चरीलाई मन पराएका कारण पारिवारिक सम्बन्ध रहेको उनले स्वीकारेकी थिइन् । लभ अफेयर नभएको दाबी गर्दै उनले आफुले चरीलाई मन पराउनेचाहीँ स्वीकारेकी थिइन् ।

साउनमा मारिएका चरीसँग उनले असोजमा इन्गेजमेन्टको तयारी गरेकी थिइन् । उनले चरीको अपराध कर्मलाई सत्कर्ममा बदल्न सकिने बताएकी थिइन् ।

रत्नाकर डाँकुसहित विश्वका कुख्यात अपराधी पनि सत्कर्ममा लागेको उदाहरण दिएर चरी सप्रिन थालेको उनले बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी
सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
सलमान खानको मुद्दामा आज फैसला हुँदै, के सलमान फेरि जेल जालान् ?
काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट
काठमाडौंबाट लुम्बिनीको लागि छुट्यो बुलेट
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
सडक दुर्घटना परीआज उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु
फिल्म ‘कार्साङ’ मा शिल्पा मास्के अनुवन्धित
फिल्म ‘कार्साङ’ मा शिल्पा मास्के अनुवन्धित