सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला

सारांश

  • जनकपुर १०,भदौ।
  • प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का मन्त्रीले नै राष्ट्र बैंकमा ताला लगाएका छन,सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले आइतबार जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन्।
  • प्रदेश २ सरकारले विज्ञप्ति जारी गरी रक्षाबन्धन तथा जनैपूर्णिमाको सार्वजनिक बिदा घोषणा गरेको थियो।

जनकपुर १०,भदौ। प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का मन्त्रीले नै राष्ट्र बैंकमा ताला लगाएका छन,सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले आइतबार जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन्।

प्रदेश २ सरकारले विज्ञप्ति जारी गरी रक्षाबन्धन तथा जनैपूर्णिमाको सार्वजनिक बिदा घोषणा गरेको थियो। तर, प्रदेश २ का ८ वटै जिल्लाका अधिकांश बैंक, अदालत तथा जिल्ला प्रशासन लगायतका सरकारी कार्यालय सञ्चालनमा छन्। सरकारको निर्णय अवज्ञा गरेको जानकारी पछि मन्त्री यादव अनुगमनमा निस्किएका थिए।

ताला लगाउनुपूर्व बैंक प्रशासन र मन्त्रीका बीचमा छलफल भएको थियो। तर, बैंक बन्द गर्ने/नगर्ने भन्ने विषय केन्द्रीय कार्यालयले निर्धारण गर्ने जवाफ पाएपछि मन्त्रीले मुल गेटमा ताला लगाएको जनाइएको छ। बैंकमा तालाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय र अदालत लगायतका अन्य कार्यालयहरु आँफै बन्द भए।

संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले जानकारी दिए।

प्रदेश भित्रको बिदा तथा उत्सवको निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई छ। कानुनी व्यवस्था पनि सोही अनुसार छन्’, उनले भने, ‘तर केन्द्रीय सरकारको निर्देशनमा केही कार्यालयहरुले पटक–पटक प्रदेश सरकारको निर्णय र कानुन समेतको अवज्ञा गरेपछि तालाबन्दी गरियो।

उनले अब सरकारका निर्णय कार्यान्वयन नगरे त्यस्ता कार्यालयका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने मन्त्री यादवले चेतावनी दिए।

यसअघि मुस्लिम समुदायको इद लगायतका चाडपर्वमा पनि प्रदेश सरकारले दिएको सार्वजनिक बिदा बैंक, अदालत तथा जिल्ला प्रशासन लगायतका कार्यालयहरुले मानेका थिएनन्।

प्रदेश सरकारले जारी गरेकाे सार्वजनिक बिदाकाे सूचना:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?