कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२२ पटक हेरिएको
Shares
कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए

सारांश

  • काठमाडौं, १६ असार ।
  • नेपालमा कोरोना भाइरसको संक्रमित संख्या साढे १३ हजार नाघेको छ ।
  • आज ३ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या साढे १३ हजार नाघेको छ । आज ३ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा २४५ पुरुष र ७१ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ९ सय ७ र महिला १६ सय ५७ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृत्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?